ओखलढुंगाबाट चार जनाको स्वाब परीक्षण गर्न धरान लगियो
रामहरि श्रेष्ठ
बिदेशबाट आएका ओखलढुंगाका चार जना युवाहरुको स्वाब परीक्षणका लागी धरान पठाइएको छ । दुई हप्ताअघि कतार तथा अन्य तेस्रो मुलुकबाट जिल्ला आएका चिसंखुगढी गाउँपलिकाका २ र मोलुङ गाउँपालिकाका दुई जना युवाहरुको नमुना (स्वाब) परीक्षणका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।
जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार विदेशबाट आएको दुई हप्ता बितेपनि उनीहरुको अनिवार्य स्वाब परीक्षण गर्नुपर्ने भएकाले सोमबार स्वाब संकलन गरी धरान पठाइएको हो ।
ती युवाहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको र हाल जिल्ला अस्पताल रुम्जाटारको आईसोलेशनमा रहेको तिवारीको भनाइ छ । परीक्षणका लागी पठाइएको स्वाबको रिपोर्ट मंगलबार मात्र आइपुग्ने छ ।
यसअघि भारतबाट आएका दुई युवतीको पनि स्वाब परीक्षणका क्रममा कोभिड १९ नभएको पुष्टी भएको थियो । जिल्लामा हाल बिदेशबाट आएका नागरिकहरुको संख्या १ सय ४२ भन्दा बढी रहेको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज