मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले बोलायो सचिवालय बैठक

सोमबार, २४ चैत २०७६, १७ : ३०
सोमबार, २४ चैत २०७६

काठमाडौं । नेताहरुको चर्को दवावकाबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार ४ बजेका लागि बोलाएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

गत चैत ५ गते बसेको नेकपा सचिवालय बैठक त्यसयता बस्न सकेको थिएन । बैठक बोलाउन ढिला भएको भन्दै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रचण्डलाई दवाव दिदै आएका थिए । पछिल्लो समय स्वास्थ्यसामग्री खरिद लगायतका विषयमा सरकारले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप