शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्दती खाताको नवीकरण गर्न बैंकमा जान नपर्ने

सोमबार, २४ चैत २०७६, १८ : ५४
सोमबार, २४ चैत २०७६

काठमाडौं । बैंकहरुमा परिपक्व भएको मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ । 

नेपाल बैंकर्स संघले परिपक्व भएका र भविष्यमा परिपक्व हुनसक्ने त्यस्ता निक्षेपहरु इमेलबाट अनुरोध पठाएरै नवीकरण गर्नसक्ने जनाएको हो । त्यसरी नवीकरण गर्न चाहने व्यक्तिले बैंकमा रजिष्टर गरिएको आफ्नो इमेल एकाउन्टबाट अनुरोध पत्र पठाउएर अवधि नबीकरण गर्न सक्नेछन् । 

साथै, बैंकर्स संघले जोखिमका बाबजुत न्यूनतम बैंकिङ सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । बैंकर्स संघले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको जोखिमका बाबजूद बैंकहरु न्यूनतम बैंकिङ्ख सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । 

संघले समेसम्म विद्युतीय कारोबार गर्न र आफ्नो खाता नम्बर, पिन नम्बर, लगायतका व्यक्तिगत विवरणहरु कसैलाई नदिन तथा विद्युतीय कारोबारमा हुनसक्ने जोखिमलाई ध्यानमा सुरक्षित तवरले कारोबार गर्न अनुरोध समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप