शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश भ्रमण गरी काठमाडौँ महानगरभित्र बसोवास गर्ने १ सय १७ जनाको विवरण संकलन

सोमबार, २४ चैत २०७६, १९ : २७
सोमबार, २४ चैत २०७६

काठमाडौँ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न प्रयासहरु गर्दै आएको छ । 

यसै अन्तर्गत महानगरपालिकाले १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेश भ्रमण गरी महानगरपालिकामा वसोवास गर्दै आएकाहरुको विवरण संकलनलाई तिव्रता दिएको छ ।  विदेशबाट फर्केका नेपालीहरू सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै काठमाडौँ महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिका भित्र बसोबास गर्नेको विवरण संकलन सुरु गरेको हो । 

आइतबारसम्म काठमाडौँ महानगरपालिकाले यसरी बसोवास गर्दै आएका १ सय १७ जनाको विवरण संकलन गरेको छ । विदेशबाट फर्कनेहरू, अझ भारतबाट आएका नेपाली नागरिकहरू १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नै पर्ने नियमलाई पालना गर्नका लागि महानगरपालिकाले यस्तो विवरण संकलनको कामलाई तिव्र रुपमा अघि बढाएको जानकारी दिएको छ । ‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर पछिल्लो एक महिनामा विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने र आवश्यकता अनुसार नमुना परीक्षणका लागि स्वाब संकलन समेत गर्ने तयारी गरेको छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘उपत्यका नगरपालिका फोरमको आजको बैठकले पनि यसरी विदेश भ्रमण गरी उपत्यका भित्रै वसोवास गर्नेहरुको विवरण संकलन गरी नमुना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा त्यसो गरियो भने उहाँहरुलाई पनि ढुक्क हुन्छ, परिवार, छरछिमेक र समाजलाई पनि ढुक्क हुन्छ । त्यसैले हामीले विदेश भ्रमण गरी आएकाहरुको विवरण संकलन सुरु गरेका हौँ ।’  

महानगरपालिकाले टोलटोलमै पुगेर विवरण संकलन गरी परीक्षण गर्ने कामलाई अघि बढाएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप