शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा कोरोनाबाट थप एक जनाको मृत्यु

सोमबार, २४ चैत २०७६, १९ : ५६
सोमबार, २४ चैत २०७६

युनाइटेड अरब इमिरेट्स(युएई)मा सोमबार २७७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । 

यो सँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ ।  साथै सोमबार १ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ पुगेको छ ।आज नयाँ २३ जना उपचार पछि निको भए सँगै १६७  जनाले स्वास्थ्यलाभ गरेका छ।

यस अघि यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना  नेपालीहरु संक्रमित भैसकेका छन्।

११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप