केन्द्रीय संस्करण

संघीय संसद्का दुबै सदनको चालू अधिवेशन अन्त्य

person explore access_timeचैत २४, २०७६ chat_bubble_outline0

काठमाडौं । संघीय संसद्का दुबै सदनको चालू अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको संसद सचिवालयले  जानकारी दिएको छ । 

संसद्को हिउँदे अधिवेश पुस ४ गतेबाट सुरु भएको थियो । सोमबार सूचना जारी गर्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले राष्टट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रका आधारमा संसद अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् । 

उनका अनुसार सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको हो।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम बढ्दै गएपछि संघीय संसदको दुवै सदन स्थगित गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.