शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती महारानीद्वारा विशेष सम्बोधन, के-के भनिन् ?

सोमबार, २४ चैत २०७६, २० : ०२
सोमबार, २४ चैत २०७६

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयले आइतबार साँझ बेलायतवासीलाई एक विशेष सम्बोधन गरेकी छन् ।

 ६८ वर्षसम्म बेलायतको राजगद्धीमा बसेकी महारानीले देशवासीका नाममा गरेको यो पाँचौं विशेष सम्बोधन हो । यसअघि आफ्नो राज्यारोहणको ६० वर्ष पुगेको अवसरमा सन् २०१२ मा विशेष सम्बोधन गरेकी उनले त्यसअघि सन् २००२ मा आफ्नी आमाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा, सन् १९९७ मा युवराज्ञी डायनाको अन्त्येष्ठीको पूर्वसन्ध्यामा र सन् १९९१ मा इराक युद्ध शुरु हुने बेला विशेष सम्बोधन गरेकी थिइन् ।

यसपटकको विशेष सम्बोधन कोरोना भाइरस (कोभीड १९) प्रति लक्षित रहेको थियो । ४ मिनेट १९ सेकेन्डको उक्त रेकर्डेड भिडियो सन्देशमा कोरोना विरुद्धको लडाईमा सफलता हात पर्ने बताएकी छन् । यस्तो चुनौतिपूर्ण अवसरमा काम गर्ने स्वास्थ्यकर्मी, केयरवर्कर लगायत सम्पूर्ण कि वर्करहरुलाई धन्यवाद दिएकी छन् । यसअघि पनि थुप्रै चुनौतिहरुको सामना गरेतापनि यसपटकको चुनौती फरक भएकोले संसारभरिका सबै राष्ट्र मिलेर साझा प्रयासमा अघि बढिरहेको र यसले हामि सबैलाई सफलता मिल्ने बताएकी छन् । 

 यस्तो विषम परिस्थितिमा आफन्तजन र प्रियजनबाट टाढा हुनेहरूप्रति सहानुभुति व्यक्त गर्दै उनले भनिन् ‘अझै कठिन परिस्थितिहरु आउन सक्छन् तर हामी पुन एकसाथ हुनेछौ र हामीहरु फेरी पनि भेट्नेछौं ।‘

आफ्नो सम्बोधनमा घरैमा बसेर सरकारको नियम पालना गर्ने सम्पूर्ण बेलायातवासीलाई धन्यवाद ज्ञापन गर्दै सहयोगमा जुट्नेहरुको प्रशंसा समेत गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप