मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको १४ औं दिन राजधानीका सडकमा जे देखियो, २१ तस्बिरमा हेर्नुहोस्

सोमबार, २४ चैत २०७६, २० : ५७
सोमबार, २४ चैत २०७६

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको १४ औं दिन बित्दासम्म राजधानीको जनजीवन प्रभावित बनेको छ । 

अत्यावश्यक बाहेकका सवारीसाधन सडकमा चलेका छैनन् भने जथाभावी हिँड्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार मात्रै प्रहरीले १८ सय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्नेहरु समस्यामा परेका छन् । कतिपय त हिँडेरै आफ्नो गाउँघरतिर लाग्न थालेका छन् । 

सडक सुनसान छ भने चोकचोकमा प्रहरी खटिएका छन् । बजार ठप्प छ भने अत्यावश्यक सामाग्री पाइने पसल छिटफुट खुलेका छन् । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन वैशाख ३ गतेसम्म जारी रहनेछ । 
रातोपाटीकर्मी कृष्ण खड्काले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचेको सुनसान राजधानीको तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप