केन्द्रीय संस्करण

कोभिड–१९ ले पेप गार्डीओलालाई मातृशोक

person explore access_timeचैत २४, २०७६ chat_bubble_outline0

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलालाई मातृशोक परेको छ । कोभीड–१९ को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।

म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको छ । ‘ पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं । उनी ८२ वर्षकी थिइन्,’ क्लबले लेखेको छ, ‘क्लबसँग आबद्ध सबैले यस समय पेप, उनको परिवार  र साथीभाईलाई समवेदना सन्देश पठाएका छन् ।’

कोभिड–१९ का कारण स्पेनमा १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गार्डीओला क्याटालोनियाका स्थानीय हुन् । यहाँ कोभिड–१९ ले झन्डै २ हजार जनाको ज्यान लिइसकेको छ ।  अवस्था निकै खराब हुने र मृतकको संख्या बढ्ने जोखिम देखेपछि यहाँका स्थानीयलाई सरकारले आफैं सुरक्षित रहनु भनेको छ । 

४९ वर्षका पेप बार्सिलोना क्लबका प्रसिद्ध व्यक्तित्व हुन् । उनले खेलाडीका रुपमा कप्तानको भूमिका निर्वाह गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिग जिताए भने प्रशिक्षकका रुपमा पनि यो उपाधि जिताए । त्यसयता, उनले जर्मनीमा बार्यन म्युनिखलाई प्रशिक्षकका रुपमा बुन्डेगालिगा जिताए । म्यानचेस्टर सिटीको प्रशिक्षण सम्हालेयता उनले क्लबलाई दुई प्रिमियर लिग उपाधि जिताइसकेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.