भारतमा प्रधानमन्त्री मोदीसहित सांसदहरुको ३० प्रतिशत तलब कोराना महामारीविरुद्धको लडाईमा खर्च गरिने
एजेन्सी । भारत सरकारले प्रधानमन्त्री नरेन्द्य्र मोदीसहित सम्पूर्ण सांसदको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो । सरकारको यो निर्णय अप्रिल १ देखि लागू हुने बीबीसीले जनाएको छ । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरका अनुसार मन्त्रिपरिषद बैठकले उक्त प्रस्ताव पारित गरेसँगै सांसदहरुको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुने र कटौटी गरिएको रकम कोरोना महामारीविरुद्धको लडाईमा खर्च गरिनेछ ।
उनका अनुसार मन्त्रिपरिषद बैठकले यो निर्णय गरेलगत्तै राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेका छन् । भारतमा अहिले कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म त्यहाँ १ सय ९ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु