शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओली र युएईका युवराजबीच टेलिफोन वार्ता, युवराजले गरे नेपालीको प्रशंसा

सोमबार, २४ चैत २०७६, २३ : ४३
सोमबार, २४ चैत २०७६

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र युएईका युवराज मोहम्मद बिन जायद अल नाह्यानबीच टेलिफोन वार्ता भएको छ । सोमबार भएको टेलिफोन वार्तामा युएईमा रहेका नेपाली कामदारको पछिल्लो अवस्थाबारे जानकारीबारे छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले युएईका युवराजसँग कुराकानी गरेको जानकारी दिएका छन् ।  टेलिफोन वार्तामा युएईका युवराजले नेपाली कामदारहरुको प्रशंसा गर्दै ढुक्क रहन प्रधानमन्त्री ओलीलाई जवाफ दिएका थिए । उनले नेपालीहरुलाई आफ्नै नागरिकसरह व्यवहार गरिरहेको बताएका थिए ।

टेलिफोन वार्ताबारे प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘ूयुएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन्। उनीहरुले युएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दछु। ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप