मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो, सोमबार सबैभन्दा बढी मृत्यु फ्रान्समा (अपडेट)

मङ्गलबार, २५ चैत २०७६, ०० : ०२
मङ्गलबार, २५ चैत २०७६

एजेन्सी । विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । सोमबार साँझसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख २३ हजार ४ सय ८१ पुगेको छ ।  तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७३ हजार ६ सय ४ पुगेको छ । सोमबार सबैभन्दा बढी फ्रान्समा ८ सय ३३ जनाको ज्यान गएको छ भने अमेरिकामा ७ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै इटालीमा ६ सय ३६ जना र स्पेनमा ५सय २८ जनाको ज्यान गएको छ । अघिल्ला दिनहरुभन्दा इटाली र स्पेनमा मृत्युदर घटेको छ, फ्रान्समा बढेको छ ।

त्यस्तै, बेलायतमा एकैदिन ४ सय ३९ जनाको ज्यान गएको छ । उता बेल्जियम र नदरल्यान्डमा क्रमसः १८५ र १०१ जनाको ज्यान गएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार इटालीमा सबैभन्दा बढी १६ हजार ५ सय २३, स्पेनमा १३ हजार १६९, अमेरिकामा १० हजार,३ सय ७०, फ्रान्समा ८ हजार ९ सय ११, बेलायतमा ५ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ । सोमबार सबैभन्दा बढी अमेरिकामा १५ हजार ४ सय ८७ जना नयाँ संक्रमित देखिएका छन् भने इटालीमा ३३ सय ८६ र स्पेनमा ३५ सय ९९ जना नयाँ संक्रमित देखिएका छन् । त्यस्तै बेलायतमा ३८ सय २ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा अहिलेसम्म कूल संक्रमितको संख्या ३ लाख ५२ हजार १६० पुगेको छ भने स्पेनमा १ लाख ३५ हजार ३२, इटालीमा १ लाख ३२ हजार ५ सय ४७, जर्मनीम १ लाख १ हजार १७८ फ्रान्समा ९८ हजार १० जनामा संक्रमण पुष्टि भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप