शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको डलरको भाउ र अन्य देशको विनिमयदर कति ?

मङ्गलबार, २५ चैत २०७६, ०८ : ५५
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (चैत २५) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप