रहेनन् बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिक
मङ्गलबार, २५ चैत २०७६, ०९ : २६
स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो ।
सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाईटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए ।
उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा र कोपा डेल रे उपाधि पनि दिलाए ।
सन् १९९१ र १९९२ को सिजन रियलमा विताएका उनले सन् २००३ को सिजन बार्सिलोना हेरेका थिए । उनी सन् २०१० को विश्वकप फुटबलमा सर्बिया टिमको प्रशिक्षक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)