शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध सम्बन्ध लुकाउन देवरको हत्या, शव गाड्न लैजाँदा प्रहरीको फन्दामा !

मङ्गलबार, २५ चैत २०७६, १० : ०१
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् । 

सगिराले आफ्नै १३ वर्षीइ देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर मजिवुलको औलाले घाँटी थिची हत्या गरिएको हो । 

सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए । 

विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् । 

आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीले बताए । 

एसपी अधिकारीका अनुसार सगिराको प्रेमी भगाउन देवर मजिवुलले पनि सहयोग गरेको पाइएको छ । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए । 

सोही दिन राति उनीहरुबीच २७ मिनेट लामो फोनमा कुराकानी समेत भएको थियो । सगिराले प्रेमीसँग २७ मिनेट लामो कुरा गरेको कलडिटेल प्रहरीले पत्ता लगाएको एसपी अधिकारीले बताए । 

अवैध सम्बन्धको पोल खुल्ने डरले फानेमै देवर मजिवुलको हत्या गर्ने योजना बनेको हुनसक्ने एसपी अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘सोही अनुरुप सुतेको बेला मजिवुलको घाँटी थिचेर हत्या गरिएको हुनसक्छ ।’

हत्यापछि मजिवुलको शव खाल्डो खनेर गाड्न लैजाँदै गर्दा सगिरालाई प्रहरीले पक्राउ गरेको हो । कवरगाहा भन्ने ठाउँमा मजिवुलको शव लैजाँदै गर्दा सगिरालाई पक्राउ गरिएको एसपी अधिकारीले पुष्टि गरे । 
महिलाको प्रेमी फरार रहेको र खोजीकार्य जारी रहेको एसपी अधिकारीले बताए । ‘भागेर भारतमा लुकेको खार छ, खोजी कार्य भइरहेको छ,’ उनले भने । 

सगिरा र उनको प्रेमिमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप