शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागेकी महिला पक्राउ

मङ्गलबार, २५ चैत २०७६, ११ : ००
मङ्गलबार, २५ चैत २०७६

जनकपुर - प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेको अवस्थामा भागेकी एक महिलालाई प्रहरीले रातारात पक्राउ गरेको छ ।

धनुषाको सपहीमा भागिरहेको अवस्थामा सिरहाको नरहा गाउँपालिका–३ बस्ने ५५ वर्षीय शैला खातुनलाई प्रहरीले पक्राउ गरी पुनः आइसोलेसनमा राखेको हो ।

भारतको बिहार राज्यको झँझारपुरबाट एक सातापूर्व गाउँ फर्किएकी खातुनलाई रुघाखोकी र ज्वरो आएपछि छोराले घरमा बस्न नदिएको बताइन्छ । छोराले घरबाट निकालिदिएपछि छोरीको घर गएकी उनलाई छोरीले पनि घरमा बस्न नदिएको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अन्सुल अन्सारीले जानकारी दिए ।

अन्सारीकै पहलमा दुई दिन अघि खातुनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप