शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस टेस्ट बुथ बनाउँदै आविष्कार केन्द्र (फोटोफिचर)

स्वास्थ्यकर्मीलाई संक्रमणको खतरा न्यून हुने विश्वास
मङ्गलबार, २५ चैत २०७६, १२ : ०३
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । नोबल कोरोनाभाइरस (कोभिड १९) बाट सम्भावित संक्रमितको नमुना संकलन तथा परीक्षण गर्दा स्वास्थ्यकर्मीमा भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रले ‘कोरोनाभाइरस टेस्ट बुथ’ तयार गरेको छ ।

पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाएर पनि कोभिड १९ को परीक्षण गर्न सकिए पनि यसो गर्दा स्वास्थ्यकर्मीमा भाइरसको ‘एक्सपोजर’ बढ्ने खतरा रहेको कारण सो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले यसलाई तयार गरिएको केन्द्रले जनाएको छ ।

दक्षिण कोरियामा प्रयोग गरिएको बुथको नमुनाका आधारमा नेपालमा मौलिक डिजाइनसहित कोरोनाबुथ तयार गरिएको हो । झट्ट हेर्दा समान्य टेलिफोन बुथ जस्तो देखिए पनि यसमा स्वास्थ्य जाँचका लागि विशेष व्यवस्था गरिएको छ । यसभित्रको च्याम्पबर एयर टाइट हुन्छ भने डाक्टर वा स्वास्थ्यकर्मी बस्ने बुथमा पोजेटिभ प्रेसर सृजना गर्न एचइपीए फिल्टर जडान गरेर ३ मिटर वा सोभन्दा बढी टाढाबाट स्वच्छ र शुद्ध हावाको व्यवस्था गरिएको छ ।

बुथको अगाडीपट्टी दुईवटा साना प्वालमा रबरको पञ्जा जडान गरिएको छ । जसको मद्दतले स्वास्थ्यकर्मीले सम्भावित संक्रमितको नमुना संकलन गर्न सक्नेछन् । संक्रमितको प्रत्यक्ष सम्पर्कमा नरहने कारण यसले स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम कम गर्ने केन्द्रले विश्वास लिएको छ ।

केन्द्रले नेपालमा नै सुरक्षाका लागि आवश्यक पीपीईको पनि उत्पादन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप