बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामाग्री

मङ्गलबार, २५ चैत २०७६, १२ : २०
मङ्गलबार, २५ चैत २०७६

जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले निजी लगानीमा जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 

मन्त्री बस्नेतले बेड १२ सेट, १ सय सेट गज, थर्मल गन १० थान, पीपीई १४० थान, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र  हेण्ड वास २ काटुन सहयोग गरेका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री बस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप