केन्द्रीय संस्करण

कोरोना महासङ्कट र समाजवादी क्षितिज

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0
विशाल खड्का

रातोपाटी

आजको दिनमा मानव जातिले सबैभन्दा बढी उच्चारण गरिरहेको शब्द हो– कोरोना । भय, आतङ्क, सन्त्रास, ध्वंश र विघटनको पर्याय जस्तै बनेको कोरोना भाइरसले जिउँदो शक्तिशाली ‘भूत’ बनेर मानव सभ्यतामाथि ठाडो चुनौती खडागरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले अहिलेको महामारीलाई ‘दास्रो विश्वयुद्ध पछिकै सबैभन्दा खराब सङ्कट’ भनी घोषणा गरेका छन् । कोरोना महामारीलाई किन तेस्रो विश्वयुद्धका रूपमा चर्चा गर्न खोजिन्छ ? के यो तेस्रो विश्वयुद्धकै रूपको जैविक युद्ध त होइन ? यदि त्यसो होइन भने विश्वशक्ति अमेरिका र चीनबीच साझा समझदारी बनाएर संयुक्त रूपमा कोरोनाविरुद्ध लाग्नुको साटो अमेरिकाले एकोहोरो चाइनालाई दोषारोपण गरिरहनुको रहस्य के हो ? यी  अनुत्तरित  प्रश्नहरूको जवाफ भोलिका दिनमा पाइएला नै । तर आजको सङ्कट, महासङ्कट हो । यसलाई विश्व मानव समाजले संयुक्त रूपमा मुकाबिला गर्नु र विजय हासिल गर्नै पर्छ ।

यो सङ्कटबाट अहिलेको भूमण्डलीकृत चरित्रको विश्वका सबैजसो मानवसमुदाय प्रत्यक्ष रूपमा प्रभावी छन् । प्रथम विश्वयुद्धमा पृथ्वीका करिब ९३ प्रतिशत जनता सहभागी र प्रभावित थिए भने, दोस्रो विश्वयुद्धमा पृथ्वीका जनसङ्ख्याको तीन प्रतिशको हत्या नै भएको थियो र करोडौा मान्छे घाइते भएका थिए भने अर्बौंको सम्पत्ति क्षति भएको थियो । त्यसो त विश्वयुद्धहरू तत्कालीन बैंसले मातेका पुँजीवादी मुलुकहरूबीचको स्वार्थ सङ्घर्ष वा आपसी टकराबका हिंसात्मक अभिव्यक्तिहरू थिए । प्रथम विश्वयुद्धलाई सुरु गर्दा प्रथम भनेर सुरु भएको थिएन । बरु दोस्रो विश्वयुद्ध भएपछि त्यसलाई प्रथम भनिएको हो । एकै दिन ७५ हजार मान्छेको हत्या भएको सो युद्धलाई सबैखाले युद्धको अन्त्य गर्ने ‘द ग्रेट वार’ पनि भनिन्थ्यो । युद्ध सुरु हुनुका धेरै कारणमध्येको एक कारण सर्बियालाई सुुँगुर निर्यात गर्न प्रतिबन्ध लगाउने अस्ट्रिया–हँगेरीको निर्णय पनि मानिएकोले ‘सुुँगुुर युद्ध’ पनि भनिन्थ्यो । जे होस पृथ्वीमा मानवद्वारा सिर्जित कहाली लाग्दा दुुई परिघट्नाहरू थिए ती । पुँजीवाद असमान ढङ्गले विकसित हुुँदै जाँदा प्राकृतिक स्रोत, साधान र सम्पत्तिलाई कब्जा गर्ने सोच र प्रवृत्ति बीचको अन्तरविरोधको अभिव्यक्तिका रूपहरू थिए ती ।

पुँजीवादले मानिसलाई उपभोक्ता मात्र देख्छ र धर्तीलाई माता होइन बरु कच्चा पदार्थ बनाउँछ । नाफा नै पुाजीवादको उद्देश्य भएकाले विकासका नाममा प्रकृति र पर्यावरण नष्ट गरिदिन्छ र मानव जातिका प्रकृतिमैत्री, वातवरणमैत्री सभ्यता, संस्कृति, संरचनालाई नष्ट गरी आधुनिकताको नाममा नयाँ संरचनाहरू खडा गरिदिन्छ । यतिखेरको विश्वमा मानवहित सँगसँगै सम्पूर्ण जीवजन्तुहरूको जीवनलाई नै सङ्कटतिर धकेलिएरहेको छ । पुाजीवादले प्राप्त गरेका पुुराना सफलताको प्रतिफल स्वरूप नै अहिलेका यी संरचनागत सत्ता र त्यसद्वारा सिर्जित कमजोरीहरू देखिएका हुुन् । आज आर्थिक सङ्कट र राजनीतिक अस्थिरतालाई बढाउँदै लगेको छ । पर्यावरणीय विनासका खतराहरू बढेर गएका छन् । भूूगोलको लागि साम्राज्यवादी टकराव र स्रोतका लागि सङ्घर्ष बढ्ने खतरा देखिएको छ । त्यस्तै प्राकृतिक विपद् र महामारीको सिर्जना बढ्दै जाने स्थितिको अनुुमान गर्न सकिन्छ । यी परिदृश्यबाट हेर्दाखेरि पुाजीवादले मानवजाति र स्वयं आफ्नै लागि डरलाग्दो असफलता निम्त्याउँदैछ । यसका विरुद्ध कसरी प्रस्तुत हुने भन्ने अहिलेको मानवसामु र समाजवादी आन्दोलनसामु उभिएको प्रश्न हो ।


एक समयमा सापेक्षिक ढङ्गले प्रगतिशील भएका कारणले नै व्यवस्थाहरू परिवर्तन भएका र टिकेका हुन् । समाज विकासका अन्य चरण र व्यवस्थाभन्दा पुँजीवाद प्रगतिशील भएकै कारण मानव समुदायले स्वीकार गरेको थियो । जङ्गली युुगको उत्तराद्र्धमा युद्धमा हारेकालाई हत्या गर्नुुभन्दा बाँच्न दिने, श्रममा लगाउने र उत्पादन बढाउने प्रगतिशील सोचका कारण दास प्रथा संस्थागत भएको थियो । त्यस्तै अरूको दासी बन्नुभन्दा आफ्नै उत्पादन बढाउने र परिश्रम गर्ने प्रगतिशील मनोविज्ञानको कारण सामान्तवादी युुग संस्थागत भएको हो । यही क्रममा वस्तु विनिमयको साधनको रूपमा मुद्राको प्रयोग र बजारको बजार व्यवस्थाको अभ्यास भएसँगै त्यसको व्यावहारिक, वैज्ञानिक र प्रगतिशील विकासको क्रममा पुँजीवादवाद संस्थागत भएको हो । तर आजको युग समाजवादी युग हो ।


विश्व अर्थतन्त्रले जसरी सन् १९३० र सन् २००८ को अकल्पनीय आर्थिक सङ्कट बेहोर्नुपर्‍यो आज अर्को नयाँ सङ्कटको साघारमा उभिएको महसुस हुन थालेको छ । यसले विद्यमान उत्पादक शक्ति र उत्पादन सम्बन्धको स्थितिलाई निश्चय नै प्रभाव पार्ने देखिन्छ । यस्ता खाले नयाँ सङ्कट र विपत्तिको गर्भबाट क्रान्ति जन्मिने गरेको पाइन्छ । सामाजिक क्रान्ति भनेको विद्यमान उत्पादन सम्बन्ध र उत्पादक शक्तिबीचको अन्तरविरोधलाई हल गर्ने प्रक्रिया हो । अथार्त आर्थिक आधार र राजनीतिक उपरिसंरचना बीचको अन्तरविरोधलाई अग्रामी ढङ्गले हल गर्ने प्रक्रिया वा विधि नै क्रान्ति हो । तर यो कुरामा हामी स्पष्ट हुन जरुरी छ कि क्रान्ति भनेको एउटा परिघटना नभएर समग्र परिघटनाहरूको शृङ्खलाबाट बनेको एकीकृत प्रक्रिया हो । तथापि क्रान्तिको त्यो प्रक्रिया केही विशिष्ट परिघटनाको माध्यमबाट नै मूर्तरूपमा मुखरित हुने गरेका छन् ।

प्रथम विश्वयुद्धको आँधीका बीचबाट नै लेनिनको नेतृत्वमा सोभियत समाजवादी सत्ता स्थापित भएको हो । त्यही सोभियतक सङ्घको समाजवादी बाछिटा संसारभरका श्रमजीवी मानव समुदायका लागि सङ्गठित हुने र सङ्घर्षमा होमिने प्रेरणापुञ्ज जस्तै बन्यो । त्यसपछि नै संसारभरमा कम्युनिस्ट पार्टी स्थापना भए र मानव जावजातिको मुक्तिको सिद्धान्त–‘मार्क्सवाद’ विश्वभर फैलिएर गयो । त्यसो त सोभियत क्रान्तिपछि मात्र समाजवाद जन्मएको चाहिा होइन नै बरु मार्क्सवादका अनुसार त्योभन्दा पहिले नै पुाजीवादसाग प्रतिकार गर्ने माध्यमका रूपमा समाजवादको विकास हँुदै आएको हो । ठोस रूपमा भन्नुपर्दा पुाजीवाद सँगसँगै त्यसको विकल्पको रूपमा समाजवाद जन्म भयो र हुर्कंदै गयो ।

विश्वभर विकसित हँुदै गइरहेको समाजवादी विकास अभियानकै बीचमा परिघटित दोस्रो विश्वयुद्ध पछि क. माओको नृत्वमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यसले त झन् सर्वहारावादी क्रान्तिको विश्व लहर नै सिर्जना गरिदियो । पूर्वी युरोपका विभिन्न मुलुकहरू भियतनाम, कोरियामा पनि क्रान्ति सम्पन्न भएर भारत लगायत एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न मुलुकले उपनिवेश विरोधी स्वतन्त्रता सङ्ग्राममा ठूलो सफलता प्राप्त गरे । यसरी राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र समाजवाद प्राप्तिका आन्दोलनहरू एकीकृत ढङ्गले संसारभर नै अघि बढ्यो । सोही प्रक्रियाकै बीचमा अप्रिल २२ सन् १९४९ मा नेपालमा पनि कम्युस्टि पार्टीको स्थापना भएको हो ।

मार्क्स भन्नुहुन्छ, ‘इतिहास कहिल्यै पनि दोहोरिादैन त्यसैले नै इतिहास हामीभन्दा बढी सिर्जनशील छ ।’ त्यसैले सङ्कट र क्रान्तिका प्रक्रियाहरू पनि एउटै रूपमा दोहोरिादैनन् बरु समयको विशिष्टता अनुसार फरक फरक हुने गर्दछन् । आजको पुँजीवादको अणु, परमाणु बमभन्दा प्रकृतिको सामान्य किटाणु नै शक्तिशाली भएको बेला मानवले मानव माथि गर्ने शोषण र प्रकृतिको अत्याचार, दुवैसँग एकैचोटि विजय हाँसिल गर्नुु हामी अजका सचेत मानवको चुनौती र आवश्यकता दुवै हुन गएको छ ।


आज कोरोना महामारीका बेला अमेरिकाका अस्पतालमा पनि मागबमोजिमका भ्यन्टिलेटर र आइसोलेसन वार्डको अभाव भएको छ भने युरोपमा महामारी प्रकोप राज्यको नियन्त्रणभन्दा बाहिर देखिन्छ । यस्तो कहाली लाग्दो परिवेशबाट अत्तालिएर एकजना मन्त्रीले आत्माहत्या समेत गर्ने स्थिति सिर्जना हुनु असामन्य अवस्था हो । त्यस्तो कहालीलाग्दो युरोपको सामाजिक जटिलतालाई सहजीकरण गर्न र मानवीय सहयोग पुर्‍याउन फिडेल क्यास्त्रोको फोटो बोकेर युरोपका गल्लीमा पुगेका क्युबाली स्वास्थ्यकर्मीको सन्देश विश्व मानव समुदायका लागि अनुकरणीय देखिन्छ ।      


विभेदकारी पुँजीवादको विकल्पमा समाजवादको प्रयोग र विकास गर्दै आएको बोलिभियाको लामो समय नेतृत्व गरेका पूर्वराष्ट्रपति इभो मोरालेसले भनेको छन्, ‘चरम वर्ग विभाजन, शोषण र असमानता त छँदैछन् त्यसमा पनि अन्य जटिल पुँजीवादका समस्या बढेका छन् पुाजीवादी प्रतिस्पर्धा तथा प्रकृतिक पदार्थको व्यापक उपभोग त्यागेर मानवजाति ऐक्यबद्धता, समपूरकता तथा प्रकृतिसँग सहिष्णुताको सिद्धान्त अङ्गीकार गरेर पृथ्वीलाई जोगाउन सक्षम छ ।’ मानवजातीको आत्मसम्मान, सभ्यता र संस्कृतिको जगेर्नासँगै प्रकृति र पृथ्वीको रक्षाका लागि पनि समाजवादी विकल्प रोज्नुपर्ने अवस्था आएको छ । एक समयमा सापेक्षिक ढङ्गले प्रगतिशील भएका कारणले नै व्यवस्थाहरू परिवर्तन भएका र टिकेका हुन् । समाज विकासका अन्य चरण र व्यवस्थाभन्दा पुँजीवाद प्रगतिशील भएकै कारण मानव समुदायले स्वीकार गरेको थियो । जङ्गली युुगको उत्तराद्र्धमा युद्धमा हारेकालाई हत्या गर्नुुभन्दा बाँच्न दिने, श्रममा लगाउने र उत्पादन बढाउने प्रगतिशील सोचका कारण दास प्रथा संस्थागत भएको थियो । त्यस्तै अरूको दासी बन्नुभन्दा आफ्नै उत्पादन बढाउने र परिश्रम गर्ने प्रगतिशील मनोविज्ञानको कारण सामान्तवादी युुग संस्थागत भएको हो । यही क्रममा वस्तु विनिमयको साधनको रूपमा मुद्राको प्रयोग र बजारको बजार व्यवस्थाको अभ्यास भएसँगै त्यसको व्यावहारिक, वैज्ञानिक र प्रगतिशील विकासको क्रममा पुँजीवादवाद संस्थागत भएको हो । तर आजको युग समाजवादी युग हो । सबैले आआफ्नो विशिष्टताको समाजवादी चरित्र अवलम्बन गर्नुपर्ने बेला आएको छ ।

नेपालको सन्दर्भमा पनि संविधानमा समाजवाद लेखी दिएकै छ पो भनेर आनन्द लिने अवस्था छैन्, बरु संविधानले भनेझौ मौलिक हकका रूपमा उल्लेखित स्वास्थ्य, शिक्षा, रोजगार जस्ता आधारभूत विषयहरूको सुनिश्चितताका लागि राज्यले लिनुपर्ने नीति प्रति स्पष्ट हुन जरुरी छ । तीन तहको सरकार सहित सङघीय ढाँचामा पुनर्संरचित नेपाली राज्यचरित्र बमोजिम हाम्रा मानसिकता र सोचाइहरू रूपान्तरित हुन जरुरी छ ।

राज्यबाट सुविधा लिएका र जनतालाई सेवा दिने सर्तसहित खुलेका निजी अस्पताल, आज बन्द भएका छन् । यसको सोझो अर्थ हो ती सङ्घ–संस्थाले समाजवादी नीतिलाई सहयोग गरेका छैनन् । क्युबामा क्रान्ति सम्पन्नपश्चात अपदस्त राष्ट्रपति बाटिस्टा र उनका समर्थकहरूले क्युबा छोड्दा प्रशस्त सम्पत्ति र पुाजीसँगै लिएर भागे र निजीस्तरबाट सञ्चालित सबै उद्योगहरू घाटामा भएकाले बन्द अवस्थामा थिए । मजुरहरू भोकमारीको शिकार भएका थिए । वित्तीय संस्थाहरू सबै रित्तियका थिए । त्यही अवस्थामा अमेरिकाले आर्थिक नाकाबन्दी गरिदियो । यस्तो सङ्कटको बेला फिडेल क्यास्त्रोको सरकारले उद्योग मन्त्री र बैङ्क प्रमुखको जिम्मेवारीमा चे ग्वेभारालाई सुम्पियो । चे ग्वेभेराले सोभियत सङ्घसँग सम्झौत गरी प्रारम्भमा क्युबाले चिनी पठाउने र रसियाले तेल पठाउने सहमति भयो । तर क्युबामा कार्यरत अमेरिकी तेल कम्पनीहरू टेक्साको, सेलर र ईएसएसओले रसियाबाट आयत गरिने कच्चा तेललाई प्रशोधन गर्न मानेन । यसरी राज्यको नीतिलाई असहयोग गर्न थालेपछि क्युबाली सरकारले त्यस्ता झण्डै ८४ प्रतिशत वित्तीय संस्थाहरू र उद्योग व्यवसायहरूलाई राष्ट्रीयकरण गर्ने र विदेशी व्यक्ति वा फर्महरूले क्युबाली भूमिमा स्वामित्व कायम गर्न नपाउने कठोर निर्णय लियो ।

आज कोरोना महामारीका बेला अमेरिकाका अस्पतालमा पनि मागबमोजिमका भ्यन्टिलेटर र आइसोलेसन वार्डको अभाव भएको छ भने युरोपमा महामारी प्रकोप राज्यको नियन्त्रणभन्दा बाहिर देखिन्छ । यस्तो कहाली लाग्दो परिवेशबाट अत्तालिएर एकजना मन्त्रीले आत्माहत्या समेत गर्ने स्थिति सिर्जना हुनु असामन्य अवस्था हो । त्यस्तो कहालीलाग्दो युरोपको सामाजिक जटिलतालाई सहजीकरण गर्न र मानवीय सहयोग पुर्‍याउन फिडेल क्यास्त्रोको फोटो बोकेर युरोपका गल्लीमा पुगेका क्युबाली स्वास्थ्यकर्मीको सन्देश विश्व मानव समुदायका लागि अनुकरणीय देखिन्छ ।      

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.