केन्द्रीय संस्करण
अन्तरवार्ता

‘प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा कामै गर्न दिनुभएन, नत्र यस्तो अवस्था आउने थिएन’

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तरवार्ता

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline1

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सीमा बन्द गर्नेदेखि लिएर ‘लकडाउन’ घोषणा गरेको छ । १५ दिनदेखि देश ‘लकडाउन’मा छ । सामाजिक दुरी कायम गर्दै जनता आ–आफ्नै घरमा छन् । यही सन्दर्भमा सरकारका काम कारबाहीलगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले यसअघि २० महिनासम्म स्वास्थ्य मन्त्रालय सम्हालेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानी –

अहिले विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड–१९) लाई तपाईंले कसरी बुझ्नु भएको छ ?

–कोरोनाभाइरस जसलाई ‘कोभिड–१९’ नाम दिइएको छ, चीन हुँदै लगभग २०६ वटा देशमा यो फैलिसकेको छ । यसलाई यो शताब्दीको सबैभन्दा ठूलो महामारीको रुपमा लिइएको छ । अल्पविकसित वा कम विकसित मुलुकमा मात्र होइन, शाक्तिशाली मुलुकहरु पनि यसबाट नराम्री प्रभावित भएका छन् । यसको प्रभावलाई रोक्न, न्यूनीकरण र नियन्त्रण गर्नका लागि नेपाल जस्ता देशहरुलाई आर्थिक, राजनीतिक र साँस्कृतिक रुपले निकै समस्या परेको छ । भारतजस्तो लोकतान्त्रिक तथा विशाल जनसङ्ख्या भएको देशमा पनि अप्ठ्यारो स्थिति सिर्जना भएको छ । त्यही भएर यसको प्रभावबाट बच्नका लागि हामी गर्ने काम भनेको विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका र निर्देशनलाई पालना गर्ने र तत्काल मास स्केलमा स्वास्थ्य परीक्षण गर्ने नै हो ।


म स्वास्थ्यमन्त्री भएको बेला निकै ठूला प्रयासहरु गरेको थिएँ । त्यो अहिले पनि हेर्दा र बुझ्दा हुन्छ । त्यसमध्ये कतिपय कुरा कार्यान्वयन हुन समय लाग्छ । टेकुमा रहेको प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको ल्याबमा परिणत गर्ने मेरो प्रयास थियो । प्रत्येक प्रदेशमा राष्ट्रियस्तरको ल्याब बनाउने योजना थियो । प्रत्येक प्रदेशमा उच्चस्तरका स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासहरु भइरहेको थियो । तर, त्यसमा प्रधानमन्त्रीबाट नै सहयोग भएन । त्यतिबेला त्यसलाई अगाडि बढाएको भए अहिले त्यो काम लाग्ने थियो नि त ।


कोरोनाको महामारीबाट के पाठ सिक्नुपर्छ ?

–यस खालको महामारीले एउटा ठूलो पाठ के सिकाएको छ भने जुनबेला पनि जस्तोसुकै परिस्थिति आउनसक्छ, त्यसका लागि हामी सधैँ तयारी अवस्थामा रहनुपर्छ । स्वास्थ्य संगठनलाई सुदृढ र जनशक्तिको व्यवस्थापन, भौतिक साधन र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर सधैँ तयारी अवस्थामा राख्नुपर्छ । स्वास्थ्य क्षेत्रमा कुनबेला के समस्या आउँछ भनेर पर्खने होइन, जतिबेला पनि आउँछ, त्यतिबेला मुकाबिला गरेर अगाडि बढ्न तयार रहनुपर्छ । यही ठाउँमा आएर राज्य चुकेको छ । शुरुवातमा चीनमा यो रोग महामारीको रुपमा फैलिए पनि त्यहाँ जनशक्ति र उपकरणको उचित व्यवस्था भएका कारण त्यसलाई समयमा नै नियन्त्रणमा लिनसक्यो । जपान, कोरिया, सिंगापुर, भियतनाम लगायत विभिन्न मुलुकमा राज्यले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेकै कारण यसलाई नियन्त्रणमा लिन सफल भएको छ । तर नेपालमा लापरवाही भयो । चीनलगायत अन्य मुलुकमा यो भाइरस फैलिसक्दा, यहाँ आएको छैन भन्दै लापरवाही गरियो । अर्कोतिर, स्वास्थ्य संस्थाहरु डुब्दै गएको छ । नेपालमा सबभन्दा बढी बर्बाद भएको स्वास्थ्य संस्था र शैक्षिक संस्था नै हुन् ।

यसअघि त तपाई नै स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो, यस्तो आकस्मिक अवस्था आउन सक्छ भनेर कुनै तयारीका काम किन गर्न सक्नु भएन त ?

–म स्वास्थ्यमन्त्री भएको बेला निकै ठूला प्रयासहरु गरेको थिएँ । त्यो अहिले पनि हेर्दा र बुझ्दा हुन्छ । त्यसमध्ये कतिपय कुरा कार्यान्वयन हुन समय लाग्छ । टेकुमा रहेको प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको ल्याबमा परिणत गर्ने मेरो प्रयास थियो । प्रत्येक प्रदेशमा राष्ट्रियस्तरको ल्याब बनाउने योजना थियो । प्रत्येक प्रदेशमा उच्चस्तरका स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासहरु भइरहेको थियो । तर, त्यसमा प्रधानमन्त्रीबाट नै सहयोग भएन । त्यतिबेला त्यसलाई अगाडि बढाएको भए अहिले त्यो काम लाग्ने थियो नि त ।

कोरोनाको पहिलो केस नेपालमा देख्दा, त्यो परीक्षण नेपालमा हुन सकेन । बाहिरबाट परीक्षण गराएर ल्याउनुप¥यो । अहिले पनि उपकरणहरु बाहिरबाट ल्याएर जाँच शुरु गरेको छ । अहिले पनि हामी प्रयोगशालाका समानहरु खोज्दैछौँ । त्यसमा पनि विभिन्न प्रश्नहरु खडा भएका छन् । त्यसैले स्वास्थ्य संगठनहरुलाई बलियो बनाउनुपर्छ । मैले ल्याएका योजनाहरुलाई ठीक ढंगबाट अगाडि बढ्न दिएको भए सायद अहिले जुन समस्या झेलिरहेको छ, त्यो झेल्नु पर्दैनथ्यो । तर राज्यको नियत नै ठीक नभएपछि आखिरमा दुःख पाउने जनताले नै हो ।

विश्वभरी फैलिएको कोरोनाभाइरसको कारण राजनीतिक तथा आर्थिक अवस्थामा कस्तो असर पार्न सक्छ ?

–यसको प्रभाव विश्वकै राजनीतिक र आर्थिक क्षेत्रमा पर्ने भयो । अविकसित र कम विकसित मुलुकमा झन् बढी पर्छ । विकसित मुलुकहरु राजनीतिक र आर्थिक रुपमा थला परे पनि त्यसलाई म्यानेज गर्न सक्ने क्षमताका छन् तर अविकसित मुलुकहरु थाला प¥यो भने त्यसलाई उठ्न निकै गाह्रो हुन्छ । आर्थिक रुपले विपन्न मुलुकका विपन्न जनताहरु यसको ठूलो मारमा परिरहेका छन् । नेपालकै कुरा गर्ने हो भने जो गरिब छन्, बेरोजगार छन् र दैनिक ज्यालादारीमा काम गर्नेहरु अहिले नै प्रभावित हुन थालिसके । जीवन निर्वाह गर्न गाह्रो भइसक्यो ।

अर्कोतिर किसानहरु पनि प्रभावित भएका छन् । किसानहरु अहिले गहुँ लगायत अन्य नगदे बाली पनि भित्र्याउन सकिरहेका छैनन् । पोल्ट्री व्यवसायी, दुग्ध व्यवसायी, दाना उद्योग धरासायी अवस्थामा छ । बजारमा कालबजारी भइरहेको छ । कृत्रिम अभाव सिर्जना गरिएको छ ।

सरकारले अहिले आपूर्ति र वितरण प्रणालीलाई सुदृढ बनाउनु पर्छ । तर यसमा पनि सरकार असफल भएको छ । सरकारले लागु गरेको लकडाउन जनताले मानिदिएका छन् भन्दैमा सरकारले कुनै बहादुरी मान्नुहुँदैन । लकडाउनमा साथ दिएका जनताको स्वास्थ्यलाई कसरी ख्याल गर्ने, उसलाई कसरी उपचार गर्ने, त्यसप्रति सरकारले ध्यान दिनुपर्छ । कोरोनाबाहेकका पनि बिरामीहरु छन्, जसले अहिले उपचार पाइरहेका छैनन् । अस्पतालहरुले बिरामी भर्ना गर्न मानिरहेका छैनन् । कोरोनाभन्दा अन्य रोगले नै मान्छे मर्ने हो कि भन्ने पनि चिन्ता बढ्न थालेको छ ।

जनतालाई राज्यले सुविधा दिनुपर्ने ठाउँमा जिम्मेवार व्यक्तिहरु कमिशन खान मस्त छन् । मैले एउटा अखबारमा समाचार पढेको थिएँ, नेपालमा नीजि क्षेत्रबाट पीपीई किनेर ल्याउने हो भने ३३ सय पर्छ तर त्यही पीपीई राज्यले खरिद ग¥यो भने १०–१२ हजार पर्छ । यस्तो किसिमको गोलमालहरु भइरहेका छन् । यसलाई नियन्त्रण गर्न आवश्यक छ । अहिले सबै कुरा रोकेर जनताको स्वास्थ्यमा ध्यान दिनुपर्ने हो ।


अब मास (बहुसंख्यक) रुपमा यसको परीक्षणको काम थालिहाल्नुपर्छ । यसमा अब अलिकति पनि ढिला गर्नुहुँदैन । अर्को कुरा, स्वास्थ्य संस्था अर्थात् अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउनुपर्छ । उनीहरुलाई उपकरण दिनुको साथै अन्य सुविधाहरु पनि दिनुपर्छ । फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीहरुको आत्मबल बढाउने काम गर्नुपर्छ । बिमाका सुविधा लगायतका सुविधाहरु दिनुपर्छ । उनीहरु सुरक्षित रुपमा कसरी काम गर्न सक्छन् भन्नेमा ध्यान दिनुपर्छ ।


तपाईं एउटा राजनीतिककर्मी हुनुहुन्छ, भविष्यमा राजनीतिक क्षेत्रमा कस्तो असर पर्ने देख्नुहुन्छ ?

–राज्यको असफलताले गर्दा राज्यमाथि प्रश्न खडा हुन्छ नै । अर्को कुरा, राजनीतिक रुपमा एकतावद्ध भएर यो महामारीसँग जुध्नुपर्छ । राजनीतिक रुपमा यो सरकारलाई पूर्ण समर्थन र सहयोग छ । तर सरकार स्वयम् सहयोग लिन चाहेको देखिदैँन । सरकारको मानसिकता नै त्यस्तो देखिएन । सरकार राजनीतिक दलहरुबाट सहयोग लिन नचाहेको जस्तो देखिएको छ । सत्तारुढ नेकपाकै कतिपय नेताहरु सरकारको काम कारवाही प्रभावकारी भएन भनि आलोचना गरिरहेका छन् ।

 तपाईंको दलले यसमा सहयोगका लागि कुनै प्रकारको प्रकृया अगाडि बढाएको छ र ?

–हामीले निश्चित रुपमा सरकारलाई खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छौँ । प्रधानमन्त्रीसँगको बैठकमा पनि हामीले त्यही भनेका छौँ । सर्वपक्षीय विज्ञहरुको टोली बनाउने प्रयास पनि भइरहेको छ । यो राजनीतिसँग सम्बन्धित मात्र नभएर साँस्कृतिक, आर्थिक, वितरण, आपूर्तिसँग सम्बन्धित विषय पनि हो । यी सबैलाई मिलाएर एउटा कोर कमाण्ड टीम बनाएर एउटै कमाण्डबाट अगाडि नबढेसम्म नेपाली जनतालाई यो दुःखबाट बचाउन सकिदैँन ।

अमेरिका, इटली, फ्रान्स, भारतजस्ता देशहरुले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिरहेका छैनन् भने नेपालजस्तो अविकसित देशले कसरी सक्छ भन्ने प्रश्न खडा भइरहेको छ, यसमा तपाईको बुझाई के छ ?

–व्यवस्थापन मिलाउने हो भने नसकिने कुरा हुँदैन । भियतनाम कसरी सफल भयो त्यो त धेरै विकसित देश होइन नि । मंगोलियाले कसरी सफल भयो ? सकिरहेका छन् नि । जुन देशले लापरवाही ग¥यो त्यहाँ अलि बढी खतरा छ, जुन देश शुरुदेखि सजग र सचेत रह्यो, त्यसले नियन्त्रण गर्न सफल भयो । गर्न सकिन्न भने कुरा होइन ।


प्रदेशमा साधन स्रोत केही छैन । न आफ्नो पुलिस छ न आफ्नो पियन छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ ? यो अवस्था बनाउनु नै ठूलो पागलपन हो र गलत कार्य हो । यस कार्यलाई सुधार्नुपर्छ । दोस्रो कुरा के हो भने प्रदेश २ लगायत अन्य प्रदेशका सरकारले काम गर्न चाहन्छन्, जति सक्दो आफ्नो जनतलाई सुरक्षित राख्ने, राहत दिन चाहन्छन् तर सोही अनुसारको सहयोग केन्द्रबाट भइरहेको छैन ।


तपाईं स्वास्थ्यमन्त्री भइसक्नु भएको छ, स्वास्थ्य संगठनहरुको संयन्त्रका बारेमा तपाईलाई पनि थाहा भइसकेको छ । अहिलेको अवस्थामा जे जे हुनु थियो– भइसक्यो, अब स्वास्थ्य मन्त्रालयले यसलाई नियन्त्रण गर्न तत्कालै गर्नुपर्ने काम के हो ?

–अब मास (बहुसंख्यक) रुपमा यसको परीक्षणको काम थालिहाल्नुपर्छ । यसमा अब अलिकति पनि ढिला गर्नुहुँदैन । अर्को कुरा, स्वास्थ्य संस्था अर्थात् अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउनुपर्छ । उनीहरुलाई उपकरण दिनुको साथै अन्य सुविधाहरु पनि दिनुपर्छ । फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीहरुको आत्मबल बढाउने काम गर्नुपर्छ । बिमाका सुविधा लगायतका सुविधाहरु दिनुपर्छ । उनीहरु सुरक्षित रुपमा कसरी काम गर्न सक्छन् भन्नेमा ध्यान दिनुपर्छ । पहिलादेखि थुप्रै बिरामीहरु अस्पताहरुमा छन् । उनीहरुलाई कोरोनाभाइरस लाग्यो भने निकै ठूलो समस्या हुन्छ । त्यसैले उनीहरुको उपचारमा पनि सरकारले ध्यान दिनुपर्छ । देशमा अहिले दक्ष जनशक्तिको आवश्यकता पनि देखिएको छ । स्वास्थ्य क्षेत्रबाट रिटायर्ड भइसकेकाहरुलाई पनि तत्काल काममा लगाउन सकिन्छ ।

तपाईंकै समाजवादी पार्टीको नेतृत्वमा प्रदेश २ मा सरकार छ, त्यहाँ पनि जनताले गरेको आशा भरोसा अनुसार सरकारले काम गरिरहेको छैन भनि आलोचनाहरु भइरहेका छन्, यसमा के भन्नुहुन्छ ?

–प्रदेशमा साधन स्रोत केही छैन । न आफ्नो पुलिस छ न आफ्नो पियन छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ ? यो अवस्था बनाउनु नै ठूलो पागलपन हो र गलत कार्य हो । यस कार्यलाई सुधार्नुपर्छ । दोस्रो कुरा के हो भने प्रदेश २ लगायत अन्य प्रदेशका सरकारले काम गर्न चाहन्छन्, जति सक्दो आफ्नो जनतलाई सुरक्षित राख्ने, राहत दिन चाहन्छन् तर सोही अनुसारको सहयोग केन्द्रबाट भइरहेको छैन ।

अन्त्यमा, काँग्रेसका विभिन्न नेताहरुबाट मध्यावधि चुनाव कुरा आइरहेको छ, सर्वदलीय सरकारको कुरा आइरहेको छ, अहिलेको अवस्थामा यो कति सम्भव छ ?

–कति सम्भव, कति असम्भव, यो पछिको कुरा हो । त्यसमा पछि छलफल गर्न सकिन्छ तर अहिले मुलुकमा देखापरेको कोरोनाभाइरसको संकटबाट जनतालाई कसरी बचाउन सकिन्छ, त्यतापट्टी लाग्नुपर्छ । अहिलेको आवश्यकता भनेको एकताबद्ध भएर यो महामारीविरुद्ध लड्ने नै हो । यो कामलाई प्राथमिकतामा राख्नुपर्छ, अरु काम पछि पनि गर्न सकिन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 8, 2020, 1:19 p.m. Nabaraj
    People have no any hope from him
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.