बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भाइको हत्या अभियोगमा दाइ पक्राउ

मङ्गलबार, २५ चैत २०७६, १५ : ३६
मङ्गलबार, २५ चैत २०७६

आफ्नै भाइलाई कुटपिट गरि हत्या गरेको अभियोगमा दाजुलाई दाङ प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।

  जिल्लाको राजपुर गाउँपालिका १ रसरीखोलका ३२ बर्षीय प्रेमबहादुर कामीले आफ्नै २४ बर्षीय भाइ जसरामलाई चैत्र १९ गतेराति करिव साढे १० बजेको समयमा मदिराको उन्माद्मा दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

  अभियुक्त दाजुलाई सोही गाउँको खेतमा लुकेर बसको अवस्थामा पक्राउ गरि कारबाही प्रकृया अघि बढाइएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

यसैबीच गुल्मीमा मंगलबार एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको ईस्मा गाउँपालिका  वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर  ३१ बर्षीय माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप