बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

९२ दिनमा ५१ बैैठक बसेर संघीय संसदको पाँचौ अधिवेशन अन्त्य

मङ्गलबार, २५ चैत २०७६, १६ : ३५
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । संघीय संसदको पाँचौ अधिवेशन गएरातिबाट अन्त्य भएको छ । गत पुस ४ गते सुरु भएको संसदको पाँचौ अधिवेशनमा जम्मा ५१ वटा बैठक बसेका छन् । जसमा प्रतिनिधिसभा अन्तर्गत २५ र राष्ट्रियसभा अन्तर्गत २६ वटा बैठक बसेका छन् । संसद चलेको यो ९२ दिनको अवधिमा प्रतिनिधिसभामा ६ र राष्ट्रियसभामा ११ वटा गरी जम्मा १७ वटा विधेयक दर्ता भएका थिए ।

जसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरणयोग्य भएका चारमात्र छन् । संघीय संसदमा विचराधिन विधेयक ३८ वटा रहेका छन् । जसमध्ये प्रतिधिसभाका समितिमा २६ र राष्टिय सभाका समितिमा १२ वटा छन् । 
त्यस्तै, विभिन्न सन्देश टेवल हुन पनि प्रतिनिधि र राष्ट्रियसभामा २,२ वटा गरी ४ वटा बाँकी छन् ।

त्यस्तै, संसद चलेको यो अवधिमा राष्ट्रियसभामा दर्ता भएको अन्तरदेशिय संगठित अपराध विरुद्धको महासन्धी अन्तरगतको पार्लेमो अभिसन्धी दुवै सदनबाट पारित भएको छ । त्यसैगरी अन्त्य भएको यो अधिवेसनमा प्रतिनिधि सभातर्फ दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र राष्टियसभातर्फ २ वटा संकल्प प्रस्तावमा छलफल भएको छ ।

त्यसैगरी अधिवेसनमा प्रतिनिधिसभातर्फ प्रश्नोत्तरमा मौखिक प्रश्न १०९ र लिखित २ गरी १११ वटा प्रश्न दर्ता भएकोमा प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रश्नकै जवाफ सम्वन्धित मन्त्रीले दिएको संसद सचिवालयले जनाएको छ ।
कतिपय प्रश्नको उत्तर प्राप्त भएपनि सदनमा प्रस्तुत गर्र्न बाँकी लिखित उत्तर टेवल भैसकेका छन् । अधिवेशन सरकारको सिफारिसमा सोमबार रातिबाट अन्त्य भएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप