बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्षाले भनिन्–‘तँ ठुलो कि म ठुलो’ भन्ने अस्वस्थ्य प्रतिस्पर्धा नगरौं

मङ्गलबार, २५ चैत २०७६, १६ : ५२
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । अभिनेत्री बर्षा राउतले अहिले प्राविधिकहरुलाई सहयोग गर्न चलेको ‘तँ ठुलो कि, म ठुलो’ भन्ने अस्वस्थ्य प्रतिस्पर्धा आफुलाई फिटिक्कै मन नपरेको बताएकी छन् ।  उनले सामाजिक सञ्जालबाट त्यसको बिरोध गर्दै अहिलेको समय एकअर्काेसँग प्रतिस्पर्धा गर्ने समय नभएको समेत बताएकी छन् । कोरोनाको त्रासले सरकारले गरेको लामो लकडाउनका कारण अहिले फिल्मका काममा दैनिक ज्यालामजदुरी गरेर खाने प्राविधिकहरु ठुलो समस्यामा देखिएका छन् ।

उनीहरुको समस्या समाधानका लागि विभिन्न फिल्मकर्मीले आर्थिक तथा खाध्यान्न सहयोग गरिरहेका छन् । उनीहरुलाई सहयोग गर्ने क्रममा विभिन्न फिल्मकर्मी बीच एकअर्काेमा आफु ठुलो देखाउने होड समेत चलेको छ । यस्तो विषयमा पनि प्रतिस्पर्धा देखिएपछि बर्षाले त्यसको विरोध गर्दै आफ्नो धारणा समेत राखेकी हुन् ।

अभिनेत्री बर्षाले प्राविधिकहरुका लागि ५१ हजार नगद सहयोग समेत गरेकी छन् । बर्षा पछिल्लो समय फिल्म र म्युजिक भिडियो दुबैमा देखिने अभिनेत्री हुन् । उनको डिमान्ड फिल्मभन्दा पनि म्युजिक भिडियोमा धेरै हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप