बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

मङ्गलबार, २५ चैत २०७६, १६ : ५७
मङ्गलबार, २५ चैत २०७६

बुटवल  । मंगलवार गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको ईस्मा गाउँपालिका  वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर  ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । लकडाउनका बेला उनका श्रीमान भने भैरहवामा रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप