राजधानीबाट एकजना पक्राउ
मङ्गलबार, २५ चैत २०७६, १७ : ४५
काठमाडौँ । मंगलबार कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुलभ अग्रवाल रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले पुष्टि गरे ।
ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गरिरहेको सूचना अपराध महाशाखाको टोलीले आइतबारै प्राप्त भएको थियो । सोही सूचनाको आधारमा अग्रवाल पक्राउ परेका हुन् ।
पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताए । पक्राउ परेका अग्रवालको साथबाट ६७ थान थर्मल गन समेत बरामद भएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै