शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा १ सय १९ को स्वाब परीक्षण, १ सय ३ को परिणाम ‘नेगेटिभ’

मङ्गलबार, २५ चैत २०७६, १८ : ४३
मङ्गलबार, २५ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म १ सय १९ जनाको थ्रोट स्वाब परिक्षण गरिएको छ । जसमध्ये १ सय ३ जनाको रिपोर्ट निगेटिभ आएको छ भने १६ को रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले छ । त्यस्तै भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका र कोरोनाको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम पनि जारी नै छ ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लामा ३ हजार १ सय ७४ बेड क्षमताका १ सय ४४ वटा क्वारेन्टाइनमा ९ सय ३६ शंकास्पद व्यक्तिलाई राखिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा अहिलेसम्म १ हजार २ सय १३ जना व्यक्ति होम क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २२ जना भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप