शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रजातन्त्र पुनर्स्थापना दिवस दिनदुःखीलाई सहयोग गरि मनाऔं : जोशी

मङ्गलबार, २५ चैत २०७६, १८ : ५४
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन भएकाले लोकतान्त्रिक व्यवस्था मान्नेहरु सबैलेले लकडाउनका कारण दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

आह्वान पत्र मंगलबार सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवा नै राजनीतिकर्मीको धर्म हो भनेको कुरालाई स्मरण गर्दै सबैलाई दिनदुखीको सहयोग गर्न आव्हान गरेका छन् ।

जोशीले कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै सरकार र विश्व स्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत आव्हान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप