बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेती अस्पतालमा परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै ‘पोजेटिभ’ रिपोर्ट

मङ्गलबार, २५ चैत २०७६, १९ : १६
मङ्गलबार, २५ चैत २०७६

कैलाली । सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको पाइएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्र्दै सो कुराको जानकारी दिएको हो ।
अस्पतालका अनुसार हालसम्म उपचार गरेका बिरामीको संख्या २९ रहेको र प्रयोग शालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ । अस्पतालकाअनुसार हालसम्म नेगेटिभ रिपोर्ट आउनेको संख्या ५० छ भने रिपोर्ट आउन बाँकी ११ जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन् । पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको मात्र आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए । ४ जनामा भने यसअघि नै कोरोना संक्रमण पोजेटिभ देखिएको रिपार्ट आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप