शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा सवारी पासको दुरुपयोग गरेपछि...

मङ्गलबार, २५ चैत २०७६, १९ : ३८
मङ्गलबार, २५ चैत २०७६

पोखरा । सरकारले आफ्ना नागरिकलाई होम क्वोन्टाइनमा बस्न आग्रह गर्दै लकडाउन जारी गरेको पनि एकसाता पुगिसक्यो । यो समयमा घरदेखि बाहिर निस्कने जो कोहीलाई छोटो या लामो दुवै किसिमको कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

घरमै थुनिएर बस्न बाध्य भएपछि मानिसहरुले अनेक जुक्ति निकाल्न थालेका छन् । घरदेखि बाहिर निस्कन जिल्ला प्रहरी कार्यालय कास्कीको आँखामा समेत छारो हालेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट मलामी जाने निहुँ पारि पास लिएर मान्छे ओसारपसार गरेको अभियोगमा प्रहरीले दुई जनालाई समातेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीकाअनुसार सवारी पासको दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई समातिएको हो ।

पक्राउ पर्नेमा स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ६ निवासी लिलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ५ का प्रताप पौडेल रहेका छन् । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा रिफर गरिएको उनले जानकारी दिए ।

यस्तै,आकस्मिक सेवाको लागि प्रयोग हुने धादिङ गजुरी गाउँपालिका पिजँडा स्वास्थ चौकीबाट सञ्चालित बा २ झ ३०९८ र प्राविधिक स्वास्थ केन्द्र धादिङबाटै सञ्चालित बा २ झ ४३३३ नम्बरको एम्बुलेन्समा १५ जना यात्रुलाई पर्वतबाट धादिङ लैजाँदै गरेको अवस्थामा पोखरा–बागलुङ सडकखण्डबाट नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइएको उनले जानकारी दिए । 

आनाकानी गर्ने एम्बुलेन्स नियन्त्रणमा 
यस्तै, पोखराको मेट्रो सिटी र फेवा सिटी अस्पतालले आकस्मिक स्वास्थ सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा बाहाना पारेर सेवा दिन आनाकानी गरेको अभियोगमा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । कारबाहीमा पर्ने एम्बुलेन्स ग १ च ५४९२ र ग १ च २७१४ रहेको डिएसपी केसीले जानकारी दिए । 

लकडाउन जारी भई सकेपछि पोखरामा २ हजार ३ सय ५६ मोटरसाइकल र २ गाडि कारबाहीमा परेका छन् । लकडाउनलाई अटेर गरि घरबाहिर निस्कने ३ हजार ५ सय ७७ सर्वसाधारणलाई सचेतनामूलक जानकारी दिएर छोडिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप