शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

मङ्गलबार, २५ चैत २०७६, १९ : ४५
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो । 

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सकिने छ । सो ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ गतेभित्र हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप