शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

मङ्गलबार, २५ चैत २०७६, १९ : ५९
मङ्गलबार, २५ चैत २०७६

भक्तपुर । भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि पिपी बुथ राखिएको छ ।

अस्पतालको इमर्जेन्सी वार्डको बाहिर यो बुथ राखिएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले जानकारी दिइन् । डा.महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा उक्त बुथ राखिएको हो ।

सुपरिटेन्डेन्ट डा.गौतमले कोभिड–१९ सम्भावित सङ्क्रमितको घाँटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई कोरोना भाइरस सर्नबाट जोगाउन बुथ राखिएको बताए । बुथ बाहिर रहेको कोरोना आशङ्काका बिरामीको बुथभित्र बसेर चिकित्सकले घाँटीबाट ¥याल निकाल्ने भएकाले रोग सर्ने सम्भावना शून्य हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप