शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ८५४ को मृत्यु

मङ्गलबार, २५ चैत २०७६, २१ : ११
मङ्गलबार, २५ चैत २०७६

 लण्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च रेकर्ड कायम भएको छ । आज प्राप्त जानकारी अनुसार बेलायतमा थप ८ सय ५४ जनाको मृत्यु भएको मेट्रो र मिररले उल्लेख गरेका छन्   ।

 २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो । हिजो दिउँसो जारी गरिएको तथ्यांकको आधारमा आज मृत्यु हुनेको  संख्या झन्डै दुई गुणाले  बढी हुन आउँछ ।  कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउनेहरुको कुल संख्या ६ हजार २ सय २७ पुगेको छ ।

 कोरोना भाइरसका  कारणबाट विश्वमा ७६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वका अन्य मुलुकमा यसको प्रभाव बढ्दै गएपनि कोरोना भाइरसको उद्गमस्थल चीनमा भने यसको संक्रमण दिनप्रतिदिन घट्दै गैरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप