शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन सर्वोच्चको आदेश

मङ्गलबार, २५ चैत २०७६, २१ : ५६
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा कोरोना भाइरसबाट प्रभावित भइ समस्यामा परेका नेपाली नागरिकलाई नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । 

‘नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘कार्य तत्काल सम्भव नभए निजहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू’
न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज गरेको    आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ ।

 विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार क्वारेन्टाइनमा रहेकाहरूलाई स्वास्थ्योपचारलगायत व्यवस्था गर्न आदेशमा भनिएको छ । 
      अदालतले विदेशमा रहेका नेपालीको प्रवेशाज्ञा समाप्त वा राहदानीको म्याद समाप्त भएका कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिक रहेको मुलकसँग समन्वय गरी नेपालीलाई विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।
      अधिवक्ता माधवकुमार बस्नेत, मीना खड्का, मनीषकुमार श्रेष्ठलगायतले सीमानाकामा रहेका नेपाली र विदेशमा भएर नेपाल आउन चाहने नेपालीलाई आउन दिन आदेशमा माग गर्दै रिट दायर गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप