शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

मङ्गलबार, २५ चैत २०७६, २२ : १२
मङ्गलबार, २५ चैत २०७६

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । 

अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको छ । कोषमा सोमबारसम्म रु. ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ थियो ।

सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ । 

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप