केन्द्रीय संस्करण
कोरोना कैरन– ५

विपतमा जसको देशै हरण भो

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0
तस्विर : रासस र सामाजिक सञ्जालहरु

वारि नेपालको दार्चुला छ पारि भारतको धार्चुला छ । बीचमा छ कतैका कसैको गिद्धेदृष्टि परेको, र कसैले कुनै बेला आफ्ना ख्वामित्का पाउमा सभक्ति अर्पण गर्न खोजेको महाकाली नदी । नदीमाथि पुलको द्वारमा ताल्चा ठोकिएको छ, र वारि नदी किनारमा ठाउँ–ठाउँमा तैनाथ छन् सशस्त्र प्रहरीका टुकडीहरु । शिरमा छ क्याप टोपी, जिउमा बाघे बर्दी, हात–हातमा ज्यानमारा बन्दुक । धार्चुलातिर फर्केका तिनका बन्दुकहरु मानौँ ‘ठोकिदिऊँ  कि’ को दाउमा छन् । आखिर ठोक्ने कसलाई हो ? यस्तो लाग्छ मानौँ सीमान्त क्षेत्रमा वारि र पारिको युद्ध छेडिएको छ । र, नेपाली सशस्त्र प्रहरी आफ्नो भूभागको रक्षा गर्न रणभूमिमा कटिबद्ध छ । यसो सुन्दा यो वृत्तान्त बडो रुमानी, रोचक र साहसिक लाग्छ । र, मनमा कताकता आश जागेर आउँछ, सिंहदरबारको जङ्गी आदेशमा हाम्रा वीर गोर्खालीहरुले कालापानी र लिपुलेकै पो फर्काउने हुन् कि ?

तर क्रूर एवं बीभत्स यथार्थ न रुमानी छ, न रोचक, न साहसिक । यथार्थ त अत्यासलाग्दो छ, अरुचिकर छ र कृतघ्नतायुक्त छ । अर्को कोणबाट हेर्दा लाग्छ, कोरोना महाव्याधिविरुद्ध भीषण युद्ध छेडिएको छ । गोर्खाली वीरहरु युद्धमोर्चामा डटेका छन् । र, ती बन्दुक मानौँ विशाल भारतबाट लघु नेपालमा छिर्नसक्ने कोरोना भाइरसतर्फ ताकिएका छन् । दुर्भाग्यवश, यथार्थ यो पनि होइन । ती बन्दुक त वास्तवमा श्रमजीवी नेपाली नागरिकहरुतिर पो ताकिएका छन् । कसैले सोध्ला– बन्दुकै ताक्नुपर्ने तिनको कसुर के हो ? कसुर हो– कोरोना आतङ्ककालमा आफ्नै देशमा, आफ्नै प्रियजननेर आउने तिनको उत्कट रहर । अरू कसैले सोध्ला– के यो रहर कसुर हो ? के यो रहर अपराध हो ? हो, यो ठूलो कसुर हो । जघन्य अपराध हो यो । आखिर गोर्खे शासकहरुको मनोवृत्ति र प्रवृत्तिले यसै त भन्छ । त्यसैले त कसुरदार अपराधीहरुलाई ठोक्न सीमावारि ठाउँठाउँमा बन्दुकधारी जवान खडा गरिएका छन् । ठोक्न तम्सिने शूरवीर नेपालको ‘जनवादी’ सरकार हो, ठोकिने अकिञ्चनहरु गरिब नेपाली जनता हुन् !

तस्विर : ट्वीटर

वारि कोरोना भाइरसलाई छल्न दूरी कायम गर्ने सरकारी आदेश छ । पारि अपहेलित नेपालीहरुको खचाखच भीड छ । ती कोही एकजनामा कोरोना भइरस भए के हुन्छ ? एकएक गर्दै त्यो अरूमा सल्किँदै जान्छ । अनि नतिजा के हुन्छ ? थुप्रै जनको ज्यान जान्छ । तर वारिको सरकारलाई मानौँ एकरत्ति चिन्ता छैन । मानौँ सरकार दृष्टिशून्य छ, ऊ आफ्ना नगरिकलाई चिन्दैन । सरकार श्रवणशून्य छ, ऊ तिनको विनम्र पुकार सुन्दैन । आक्रोशित भीड याचना गर्छ– ‘आफ्नो नागरिक फिर्ता गर् ! सीमा नाका खुला गर् !’ ज्यान सुकुटी हुने घाममा दिनभरि नारा लागिरहन्छ । भीड तैपनि संयमित छ, तैपनि त्यो मर्यादित छ । सरकारले आफ्नो नागरिक स्वदेश फर्किने बाटो छेकेको छ । तैपनि भीड कसैलाई ‘मुर्दावाद’ भन्दैन ।


यो यथार्थको नेपथ्यमा केही दृश्यहरु छन्, केही ध्वनिहरु छन् । लाग्छ, ती दृश्य हेर्दा र ध्वनि सुन्दा कुनै पनि न्यायप्रेमी मनुवाका चित्तमा क्रोधाग्निको ज्वाला कसो नउठ्ला ? वारि कोरोना भाइरसलाई छल्न दूरी कायम गर्ने सरकारी आदेश छ । पारि अपहेलित नेपालीहरुको खचाखच भीड छ । ती कोही एकजनामा कोरोना भइरस भए के हुन्छ ? एकएक गर्दै त्यो अरूमा सल्किँदै जान्छ । अनि नतिजा के हुन्छ ? थुप्रै जनको ज्यान जान्छ । तर वारिको सरकारलाई मानौँ एकरत्ति चिन्ता छैन । मानौँ सरकार दृष्टिशून्य छ, ऊ आफ्ना नगरिकलाई चिन्दैन । सरकार श्रवणशून्य छ, ऊ तिनको विनम्र पुकार सुन्दैन । आक्रोशित भीड याचना गर्छ– ‘आफ्नो नागरिक फिर्ता गर् ! सीमा नाका खुला गर् !’ ज्यान सुकुटी हुने घाममा दिनभरि नारा लागिरहन्छ । भीड तैपनि संयमित छ, तैपनि त्यो मर्यादित छ । सरकारले आफ्नो नागरिक स्वदेश फर्किने बाटो छेकेको छ । तैपनि भीड कसैलाई ‘मुर्दावाद’ भन्दैन । ‘फलाना चोर देश छोड्’ पनि भन्दैन । विडम्बनावश, आफ्ना नागरिकलाई देख्ने ममतामयी दृष्टि र तिनका याचना सुन्ने करुणामयी कान भएको सरकार देशमा छैन । सरकार जो छ, त्यो अघोरी छ, त्यो अटेरी छ, त्यो बाहुबली छ । त्यसैले त महाकाली पारि अड्किन विवश नागरिकहरुको त्यो दारुण दशा छ ।

तस्विर : रासस

यिनलाई लाग्थ्यो– अरू केही नभए पनि मेरो देश छ । देशमा मेरो मुन्टो लुकाउने छाप्रो छ । देशमा मेरो परिचित परिवेश छ । देशमा मेरा प्रियजनहरु छन् । देशमा मेरो सर्वस्व छ । त्यसैले आफ्नो देशमा जाने मेरो बाटो कहिल्यै थुनिदैन । तर अहिले देशधरी यिनको रहेन । यिनकै रगत–पसिनाद्वारा आर्जित विप्रेषणले पालिएको र पोसिएको सरकारले यिनको बाटो छेक्यो ।


जो पारि याचनाको भाकामा रोइरहेका छन्, तिनका आफ्नै दुःख छन् । यी सब गरिखाने इलमका दुःखले इलम खोज्न भारत गएका गरिब हुन् । भारतमा जब लकडाउन लागू भयो, कलकारखानाहरु बन्द भए । अनि यी दुःखी जनलाई मालिकले कारखानाबाट निकाल्यो, घरबेटीले डेराबाट लखेट्यो । न इलम न डेरा भएर यी अभागी असुरक्षित सडकमा अलपत्र परे । र, सुस्केरा हाल्दै, ठाउँठाउँमा पुलिसको कुटाइ खाँदै यिनले स्वदेशको बाटो तताए । जब यी महाकाली पारि आइपुगे, वारिका शासकहरुले घ्याच्च यिनको बाटो छेके । सरकार कहिल्यै यिनको साथी थिएन, यिनलाई सायद यो थाहा थियो । कानुन कहिल्यै यिनको हितमा भएन, यिनलाई सायद यो पनि थाहा थियो । तथापि यिनलाई लाग्थ्यो– अरू केही नभए पनि मेरो देश छ । देशमा मेरो मुन्टो लुकाउने छाप्रो छ । देशमा मेरो परिचित परिवेश छ । देशमा मेरा प्रियजनहरु छन् । देशमा मेरो सर्वस्व छ । त्यसैले आफ्नो देशमा जाने मेरो बाटो कहिल्यै थुनिदैन । तर अहिले देशधरी यिनको रहेन । यिनकै रगत–पसिनाद्वारा आर्जित विप्रेषणले पालिएको र पोसिएको सरकारले यिनको बाटो छेक्यो । सरकारसँग बन्दुक छ, यीसँग जिब्रो सिबाय केही छैन । बन्दुकसँग लड्ने दम यीसँग छैन, अन्यायको प्रतिमूर्तितुल्य सरकार यिनको करुण क्रन्दन सुन्दैन । र, यो चरम आपतकालमा दमनकारी सरकारद्वारा तिरष्कृत र अपमानित श्रमिकहरु नित्य सुस्केरा हाल्दै सीमापारि कैद भएका छन् ।

भन्नलाई यिनलाई पारि क्वारेन्टाइनमा राखेको भनिएको छ । तर वारिका एक हजार श्रमिक पारि भेडाबाख्रासरी खचाखच भीडमा कोचिएका छन् । त्यहाँ न दूरीको सुविधा छ, न स्यानिटाइजर छ, न हात धुने पर्याप्त पानी छ, न गतिलो पाइखाना छ, न सान्त्वनाकारी मधुर वचन छ । त्यो कष्टकर पराई कारागार हो, जहाँ थुनुवाहरुको वाणी हरण गरिएको छ । र, तिनलाई बिल्कुल निरीह एवं निस्तेज तुल्याइएको छ । थुनुवाहरु भन्छन्– त्यहाँ तिनलाई दिनको दुई छाक दालभात दिइन्छ । ठिक्कको अहार हुनेको त जेनतेन पेट भरिन्छ नै । ठूलो अहार हुनेको पेट आधै खाली रहन्छ । त्यो किरिन्टोकी बन्दीखानामा दाल–भात थपिँदैन । थपिमागे अनामन्त्रित शरणार्थी बन्दीखानाका भाइ नाइकेका वचनवाणले मुर्च्छित हुन्छ । पारिको यो निर्मम यथार्थबारे वारिका शासकहरु सायद पूरापूर बेखबर छन् । आफ्ना नागरिकको खबर बुझ्न सायद तिनलाई फुर्सदै छैन । आखिर ती केमा व्यस्त हुँदा हुन् ? भन्नु हुँदैन, शासक महलका उच्च पदधारी पवनपुत्रहरुद्वारा ‘गिद्ध’ भनिइने डर छ । मलाई डर लागे पनि गगनमा कुनै अदृश्य पात्रको निडर गुनगुन सुनिन्छ– सायद ऊ यस्तोउस्तो केहीमा पो व्यस्त छ कि ? वाइड बडीको मुहुनीमा, यति गुरुपसँगको प्यार–मुहब्बतमा, सेक्युरिटी प्रिन्टिङ प्रेसको छन्छनीमा, ओम्नी पार्टनरसँगको प्रेमिल चुम्बनमा र ... ।

तस्विर : सामाजिक सञ्जाल

कतिपय थुनुवाले विवेकशून्य सरकारी आज्ञाको अवज्ञा गर्न खोजे । अन्धकारको आवरणमा ती लुके । र, ज्यान हत्केलामा राखेर ती महाकाली नदीमा हेलिए । एक अवज्ञाकारी पौडीबाजको तस्बिर यत्रतत्र दृश्यमा र चर्चामा छ  । तस्बिरमा ती पौडीबाज हनुमाने कट्टु सिवाय वस्त्रहीन छन् । तिनलाई प्रहरीले यसरी अँठ्याएको छ मानौँ ती जलचर अपराधी हुन् । आफ्नै देशका सामान्य जनलाई मान्छे नगन्ने ठालु सरकारलाई सोध्न मन लाग्छ– प्रभु !  गरिखाने नागरिक घर फर्किनु तिम्रो कुन संहिताले अपराध हो ?


अँ, कुरो फेरि पनि थुनुवाकै । कतिपय थुनुवाले विवेकशून्य सरकारी आज्ञाको अवज्ञा गर्न खोजे । अन्धकारको आवरणमा ती लुके । र, ज्यान हत्केलामा राखेर ती महाकाली नदीमा हेलिए । एक अवज्ञाकारी पौडीबाजको तस्बिर यत्रतत्र दृश्यमा र चर्चामा छ  । तस्बिरमा ती पौडीबाज हनुमाने कट्टु सिवाय वस्त्रहीन छन् । तिनलाई प्रहरीले यसरी अँठ्याएको छ मानौँ ती जलचर अपराधी हुन् । आफ्नै देशका सामान्य जनलाई मान्छे नगन्ने ठालु सरकारलाई सोध्न मन लाग्छ– प्रभु !  गरिखाने नागरिक घर फर्किनु तिम्रो कुन संहिताले अपराध हो ? के यो अपराध नगर्न तिनले महाकालीमा डुबेर आत्महत्या नै गर्नुपर्ने हो ?

पारि मलाई स्वदेशमै क्वारेइन्टाइनमा बस्न देऊ महाराज भनी दारुण चित्कार गर्नेहरुको भीड छ । वारि तिनका छातीतिर बन्दुक ताकिएका छन् । समता एवं न्यायको घायल आवाजले सत्ताधारीलाई सोध्छ– के यो तिम्रो मात्र देश हो ? हिजो तिम्रो, आज तिम्रो, भोलि पनि तिम्रै ? सरकारको खोटो वचन र कर्म एवं भ्रष्ट मति र आचारणतर्फ कसैको औँलो उठ्यो कि उसको मुख थुन्न बाहुबलीहरुको लाम लाग्छ । त्यो लाममा हुन्छन् सरकारी भ्रष्टाचारका गायक र प्रतिरक्षकहरु । जो नित्य भक्तिभावले नतमस्तक भई सरकारको भजन गाउँदैन, तिनका दृष्टिमा त्यो ‘गिद्ध’ हो । महाकाली पारि बलात् बन्दी बनाइएका जनहरु ‘गिद्ध’ हुन् । यी गिद्धहरुप्रति समभाव र सम्मानभाव राख्ने यावत् विचारकर्मीहरु ‘गिद्ध’ हुन् । लाग्छ, सावित्री गौतममा ‘गिद्ध’ भनिन लायक मनग्य योग्यता छ । यी ‘गिद्ध’को भविष्यमुखी बेसोमत प्रश्न छ– ‘महाकाली किनारमा अड्केका नेपालीहरु मध्येका कोही भोलि देश चलाउने ठाउँमा नपुग्लान् भन्ने के छ ?’

जो आज सत्ताधारी छन्, भोलि हुने छैनन्
भाडामा बस्नेहरु हुन्, सत्ता यिनको निजी घर होइन
सबैको रगतले उत्तिकै भिजेको छ यो देशको माटो
देश कसैका बाउको सम्पत्ति होइन ।

–भारतीय कवि राइन इन्दौरी ‍(अनुवाद सावित्री गौतमको )

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.