बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पलाई अफ्रिकी–अमेरिकी नागरिकको चिन्ता

बुधबार, २६ चैत २०७६, ०६ : ५३
बुधबार, २६ चैत २०७६

अहिले कोरोनाभाइरसको केन्द्र बनेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो समय दैनिक रुपमा प्रेस ब्रिफिङ गर्ने गरेका छन् । उनले आफ्नो पछिल्लो ब्रिफिङमा बेलायती प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

यसका साथै ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप निर्माणमा  दिनरात खटिरहेका वैज्ञानिक, कम्पनी र अनुसन्धातालाई धन्यवादसमेत दिएका छन्  ।

साथै, ब्रिटेनले अमेरिकासँग २ सय वटा भेन्टिलेटरको माग गरेको र माग सम्बोधन गरिने ट्रम्पले जानकारी दिए ।

उनले अफ्रिकी अमेरिकीबारे चिन्तासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अफ्रिकी–अमेरिकीको मृत्यु दर अन्य जातीय समूहको तुलनामा अत्यधिक छ । यो एउटा निकै ठूलो चुनौती हो । यो असाध्यै भयानक पनि छ । ’ उनले अफ्रिकी अमेरिकी नागरिकलाई सम्बोधन गर्दै उनीहरुलाई पूर्ण सहयोगको आश्वासन पनि दिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यो संगठनले सबैभन्दा धेरै पैसा अमेरिकाबाट लिन्छ तर उसले चीनलाई केन्द्रमा राख्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप