शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँट : ४० कित्तासम्म हाल्नेले सबै पाए, ७७ हजारलाई ५० कित्ता

बुधबार, २६ चैत २०७६, ०८ : ४२
बुधबार, २६ चैत २०७६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बुधबार बिहान उक्त आईपीओको बाँडफाँट गरिएको हो । उक्त आईपीओ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक समेत रहेको आरबीबी मर्चेन्टको कार्यालयमा उक्त आईपीओको बाँडफाँट भएको थियो ।

उक्त आईपीओमा ३ लाख ९० हजार ६ सय ३८ आवेदन स्वीकृत गरिएको थियो । जसमध्ये  २७ हजार ७ सय ४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए । त्यस्तै, १५ हजार ५ सय ९० जनाले २० कित्ताको लागि तथा १२ हजार ७ सय २३ जनाले ३० कित्ताका लागि आवेदन दिएका थिए । ४० कित्ता शेयर माग गर्नेको संख्या भने २० हजार ९ सय २९ थियो  । ती सबैलाई माग गरे बराबरकै शेयर वितरण गरिएको छ ।

५० कित्ता वा सोभन्दा बढी शेयर माग गर्ने बाँकी ३ लाख १३ हजार ६ सय ४८ आवेदकमध्ये सबैलाई ४० कित्ता शेयर वितरण गरिएको छ । त्यसो गर्दा बाँकी हुन आउने शेयरलाई गोला प्रथाद्वारा बाँडफाँट गरिएको छ । यसमा यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन्  ।

पुनर्बीमा कम्पनीको शेयर चैत ४ गतेदेखि ७ गतेसम्म निष्कासन गरिएको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य भएको उक्त शेयर १ करोड ६० लाख कित्ता जारी गरिएकोमा जसमध्ये ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई र ५५ ले हुन आउने ८ लाख कित्ता सेयर पनि सामूहिक लगानी कोषका लागि कटाएर बाँकी हुन आउने १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो।

यो आईपीओ बाँडफाँटसँगै पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप