शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि

बुधबार, २६ चैत २०७६, ०९ : ०८
बुधबार, २६ चैत २०७६

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । यसबाहेक यस्ता १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट लक्षण नदेखिएको जानकारी दिएको छ ।

यो अघिल्लो दिनको तुलनामा बढि हो । सोमबार कोरोनाभाइरस संक्रमितको संख्या ३२ मात्रै थियो र स्पष्ट लक्षण नदेखिएका व्यक्ति ३० मात्रै थिए ।

चीनमा मंगलबार कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भएको छ जबकी सोमबार पहिलो पटक कसैको पनि मृत्यु भएन । सांघाईमा एकजनाको मृत्यु भयो भने अर्को हुबेई प्रान्तमा भयो । ऊहान शहर हुबेई प्रान्तमा नै छ जहाँ पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप