शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमुक्त भए रोनाल्डिन्हो

बुधबार, २६ चैत २०७६, ०९ : १०
बुधबार, २६ चैत २०७६

ब्राजिलका पूर्वस्टार रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई एक महिनाअघि पक्राउ गरी जेलमा राखिएको थियो ।

नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पाराग्वेको  रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायो नामक होटलबाट रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टाे पनि पक्राउ परेका थिए ।

रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । पक्राउपछि उनीहरुलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । अदालतले मुद्दाको अन्तिम फैसला नभएसम्म उनीहरुलाई पाराग्वेकै होटलमा बस्न भनिएको छ ।

यसअघि अदालतले १.६ मिलियन अमेरिकी डलर तिरेर तारेखमा छुट्न सक्ने बताए पनि उक्त रकम तिर्न नसक्दा उनीहरु जेलमै बसेका थिए । रोनाल्डिन्हो पाराग्वेमा विभिन्न कार्यक्रममा भाग लिन पुगेका थिए । रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन ।

ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ४० बर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप