शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाले बनायो पाइलटलाई डेलिभरी ड्राइभर

बुधबार, २६ चैत २०७६, १० : ०२
बुधबार, २६ चैत २०७६

 लन्डन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले मानवीय जीवनलाई त्रसित बनाइदिएको छ ।

 कोरोना भाइरसका कारण बेलायतका एकजना विमान चालकको जीवन डेलिभरी ड्राइभरमा परिणत हुनपुगेको  छ । स्काइ न्यूजकाअनुसार  बोइंग ७४७ विमान मार्फत संसारभरी यात्रुहरु बोकेर आकाशमा उड्दै आएका बेलायतस्थित ब्रिटिश एअरवेजमा कार्यरत एकजना पाइलट पिटर लगिनले अहिले स्थानीय टेस्को ग्रोसरी सपमा डेलिभरी ड्राइभरको रुपमा काम गर्न थालेका छन् ।

बेलायतको ग्याटवीक एअरपोर्टका सम्पूर्ण उडानहरु स्थगित गरिएपछि बेरोजगार बनेका पिटरले अस्थायी रुपमा डेलिभरी ड्राइभरमा काम शुरु गरेका हुन् । केही महिनाको अन्तरालमा नै उनी दोस्रो पटक बेरोजगार बन्न पुगेका थिए । तीन वर्षअघिदेखि थोमस कुक एअर्लाइन्समा कार्यरत पिटर गत सेप्टेम्बरबाट उक्त एअरलाइन्स बन्द भएपछि बेरोजगार बनेका थिए ।

करिब चार महिनाअघिमात्र उनले ब्रिटिश एअरवेजमा पाइलटको रुपमा काम पाएका थिए । एक वर्ष भन्दा पनि कम समयमा उनी दोस्रो पटक बेरोजगार बन्न पुगेका हुन् । कोरोना भाइरसका कारण ब्रिटिश एअरवेजले ग्याटवीक एअरपोर्टका सम्पूर्ण उडानहरु बन्द गरेको छ भने हिथ्रो एअरपोर्टका ३० हजार भन्द बढी क्याबिनक्रू तथा ग्राउण्ड स्टाफहरु कटौती गरेको छ ।

थोमस कुकमा क्वाबिनक्रूको रुपमा कार्यरत उनकी पार्टनर मारियाना व्हिस्टन अहिले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्न थालेकी छन् । कोरोना भाइरसका कारण विश्वभरि ८१ हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ । बेलायतमा मात्र कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप