शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा नगरपालिकाले दूध बिक्रीमा रोक लगाएपछि विरोध

बुधबार, २६ चैत २०७६, १० : ३५
बुधबार, २६ चैत २०७६

काठमाडौंको शंखरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीमा रोक लगाएको भन्दै विरोध भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र विभिन्न दलका कार्यकताहरुबीचको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो । 

नगरपालिकाको सो निर्णयको वडा नम्बर ६ का वडाध्यक्ष समेतले विरोध गरेका छन् । वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले अहिलेको अवस्थामा व्यवस्थित ढंगले किसानको उत्पादन बिक्रीको व्यवस्था गर्नुपर्नेमा उल्टै किसानलाई मार पार्ने निर्णय भएको बताए । 

उनले कोरोनाभाइरसको त्रास भन्दा पनि नगरपालिकाको निर्णयले किसानलाई समस्यामा पारेको उनले बताए ।

 उनले भने–‘केन्द्र सरकारले नै नरोकेको विषयमा हाम्रो नगरपालिका जान्ने भएर एक कदम अघि बढेको छ । संक्रमणको जोखिम नहुने गरी कसरी व्यवस्थापन गर्ने भन्नेतिर नलागेर कृषि उपजलाई नै प्रतिबन्ध लगाउन अघि सरेको छ । भन्ने बेला कृषिबाटै आत्मनिर्भर हुन्छौँ भन्ने तर नगर कार्यसमितिको निर्णय समेत नराखी आफूखुसी निर्णय भएको छ । यसले नगरपालिकालाई पनि हीत गर्दैन, किसानलाई पनि हित गर्दैन ।’ 
यता नगरप्रमुख सुर्वण श्रेष्ठले भने किसानहरुकै मागका आधारमा दूध बिक्रीमा रोक लगाउने निर्णय भएको दावी गरे । भाइरस संक्रमणबाट सुरक्षाका लागि यस्तो निर्णय भएको बताउँदै केही नियमहरु राखेर भोलिदेखि दूध बिक्री वितरण खुला गर्ने जानकारी दिए । 

कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण किसानहरुले कृषि उपज बिक्री वितरणमा समस्या झेल्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप