शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतलगायत अन्य ठाउँबाट आएका मानिसको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मी घरदैलोमा

बुधबार, २६ चैत २०७६, ११ : ०४
बुधबार, २६ चैत २०७६

कोरोना भाइरसको जोखिम देखिएपछि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ । नगरपालिकामा भारतलगायत अन्य ठाउँबाट आएका मानिसको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।

सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्नाका साथै कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मी घरदैलोमा जुटेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए । बस्ती तथा घरमा गएर मास्क वितरणसँगै स्वास्थ्य सचेतीकरण जगाउन अभियान सञ्चालन गरेको उग्रतारा स्वास्थ्य चौकी अमरगढी–७ पोखराका प्रमुख ललित केसीले बताए ।

अहिले जिल्ला सदरमुकाममा कीटनाशक औषधि छर्किनेदेखि सबै पालिकामा लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराउन स्थानीयवासी, प्रहरी प्रशासन, जनप्रतिनिधि सक्रियताका साथ काम गरिरहेका छन् ।

अमरगढी नगरपालिकाले सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन शुरु गरेको छ । भारतबाट आएका नेपाली धेरै भएकाले अमरगढी नगरपलिकाले वडा नं १० र ११ लाई सिल गरेको हो । सिलसँगै यी दुई वडाभित्रका नागरिकले एउटा घरबाट अर्को घर जानसमेत नपाइने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। सशस्त्र प्रहरी बल खटिएका जिल्ला प्रशासन कार्यलय डडेल्धुराले जनाएको छ ।

जिल्लाको परशुराम नगरपालिकाको तातोपानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए । अहिले जिल्लाको ती नाकामा ३० जनाको टोली खटाइएको छ । डडेल्धुराका तीन साना नाकामा सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप