केन्द्रीय संस्करण

नक्कली स्यानिटाइजर बिक्री गर्ने भक्तपुरबाट पक्राउ

खरिपाटी क्यारेन्टाइनबाट बाँकी २३ फर्किए

person explore access_timeचैत २६, २०७६ chat_bubble_outline0

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

क्यारेन्टाइनबाट बाँकी २३ फर्किए

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मङ्गलबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो । सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने व्यवस्था गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.