शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाले आफ्ना नागरिकलाई दियो लसुन खान सल्लाह

बुधबार, २६ चैत २०७६, ११ : १८
बुधबार, २६ चैत २०७६

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ ।

उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको पनि छ । सरकारले डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ ।

मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ किनभने यसले रोग प्रतिरोधी क्षमता कम गराउँछ । साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ ।

साथै, उत्तर कोरियाले आफ्ना जनतालाई लसुन, प्याज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ  । यसका साथै मास्क लगाउन पनि सल्लाह दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप