बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनका कारण १ अर्ब बढीको रोजगार खतरामा

बुधबार, २६ चैत २०७६, ११ : ५२
बुधबार, २६ चैत २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले संसारका धेरैजसो देश लकडाउनका स्थितीमा छ ।

लकडाउन अर्थात् बन्दाबन्दी । यतिबेला संसारभरीका करिब ३ सय करोड जनता घरभित्र बन्द छन् । कतिले यो समयलाई मौकाको रुपमा हेरेका होलान् तर कतिका लागि भने यो समय दुर्दशा झैं बनेको पनि छ किनभने धेरैको रोजीरोटी गुम्ने खतरामा छ ।

जेनेभास्थित अन्तर्राष्ट्रिय लेबर अर्गनाइजेशनले कोरोनाभाइरस फैलिएका कारण जुन लकडाउनको स्थिती छ त्यसले एक अर्बबढी मानिसहरुको रोजगारी खतरामा भएको जानकारी दिएको छ ।

यो लकडाउनले थुप्रैको तलब पनि काटिने खतरा सृजना भएको उक्त संस्थाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप