शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबी बैंकद्वारा प्रदेश २ सरकारलाई १०० थान पिपिई हस्तान्तरण

बुधबार, २६ चैत २०७६, १२ : ५१
बुधबार, २६ चैत २०७६

जनकपुर । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश नम्बर २ को सरकारलाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमणको आशंका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका बिरामीलाई चेकजाँच गर्नका लागि अत्यावश्यक पीपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झा सहितको टोलीले आज बिहान मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, चिकित्सकीय सल्लाहकार समूहका डा.रामकेवल साहसहितको उपस्थिति रहेको थियो । एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एकसय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर  रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप