शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुम्जाटार अस्पतालबाट ४ व्यक्तिको स्वाब पुनः परीक्षणमा पठाइयो

बुधबार, २६ चैत २०७६, १३ : २७
बुधबार, २६ चैत २०७६

ओखलढुंगा । विदेशबाट फर्किएको १४ दिन पुगेका चारजना ब्यक्तिको ओखलढुंगाबाट दोस्रो पटक पुनः स्वाब परीक्षणका लागि धरान पठाइएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुनः स्वाब पठाउन भनेपछि बुधबार पुनःउनीहरुको स्वाब संकलन गरी धरान पठाइएको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए ।

उनले गत सोमबार पठाएको नमुना (स्वाब) मापदण्डअनुसार नपुगेका कारण प्रतिष्ठानले पुनः पठाउन भनिएको बताए । प्रतिष्ठानका प्राविधिक टोलीले स्वाबको मापदण्ड नपुगेको बताएका छन् । जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख तिवारीका अनुसार सडकमार्गबाट पठाउँदा ढिला गरी पुगेकाले समस्या आएको हुनसक्ने अनुमान गरे ।

‘प्राविधिक भाषामा मापदण्ड नपुगेको भनियो, त्यसकारण हामीले पुनः स्वाब संकलन गरी पठाएका छौ’ तिवारीले भने । बुधबार बिहान पठाएको चार व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट बिहिबार सम्ममा आइसक्ने अनुमान गरिएको छ । हाल जिल्ला स्वास्थ्य कार्यलय रुम्जाटारको आइसोलेशनमा रहेका चार व्यक्तिमध्ये २ जना चिशंखुगढी र दुईजना मोलुङ गाउँपालिकाका रहेका छन् । 
     
        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप