शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस फैलाउँछु भनेर धम्की दिने युवती पक्राउ

बुधबार, २६ चैत २०७६, १४ : १३
बुधबार, २६ चैत २०७६

अमेरिकाको टेक्ससकी एक १८ वर्षे युवतीले कोरोनाभाइरस फैलाउँछु भनेर धम्की दिएपछि पुलिसले पक्राउ गरेको कार्लटोन प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जानकारी दिएको छ ।

उनले स्न्यापच्याटमा श्रृङ्खलाबद्ध भिडियो पोस्ट गर्दै यस्तो धम्की दिएकी हुन् ।

लोरेन मारादियागाले आफूले कोरोनाभाइरसको परीक्षण गरेको तर रिपोर्ट नेगेटिभ आएको पछि पुलिसलाई जानकारी दिइन् ।

मारादियागाले आतंकवादी धम्की दिएको, तेस्रो डिग्रीको अपराध गरेको कसुरमा डेन्टन काउन्टी जेलमा सरुवा गरेको पुलिसले जानकारी दिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म चार लाख बढी कोरोनाभाइरसद्वारा संक्रमित छन् र १२ हजार बढीले ज्यान गुमाइसकेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप