शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षकै अन्तिम रिजिल फिल्म बने ‘आमा’ र ‘सेन्टी भाइरस’

बुधबार, २६ चैत २०७६, १४ : २१
बुधबार, २६ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड –१९)को संक्रमण रोक्न सरकारले देशभर ‘लकडाउन’ गरेको छ । यो समयमा सबैक्षेत्र प्रभावित भएको छ । तर ‘लकडाउन’को घोषणा गर्नु केही अगाडि नै सरकारले आगामी बैशाख १८ गतेसम्मका लागि देशभरका सम्पूर्ण चलचित्रघर बन्द गर्ने निर्णय गरेको थियो । चलचित्र घरमा दर्शकको भीडभाड धेरै हुने भन्दै भाइरसको संक्रमण फैलिने खतरालाई मध्यनजर हलबन्द गर्ने निर्णय गरेको थियो ।
चलचित्र घर बन्द भएपछि चैत्रदेखि बैशाखसम्म प्रदर्शनमा आउँने तयारीमा रहेका आधा दर्जनबढी फिल्मको रिलिज प्रभावित भएका थिए ।  सरकारले चलचित्र घर बन्द गर्ने निणर्य अगाडि अर्थात फागुनमा २ फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएका थिए ।

प्रदर्शनको दुई हप्तासम्म राम्रो व्यवसाय गरेको यी दुई फिल्मको व्यवसायलाई कोरोनाले समेत असर पुर्याएको थियो । कोरोनाको कारण ‘आमा’ र ‘सेन्टीभाइरस’को ब्यवसाय मात्र प्राभावित भएन । यी दुबै फिल्म नै यो बर्ष रिलिज अन्तिम फिल्म समेत बन्न पुग्यो ।

‘आमा’ दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म हो । फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय रहेको थियो । रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ सिताराम कट्टले, कुन्जना घिमिरे, सन्दिप क्षेत्री लगायतको अभिनय रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप