‘लकडाउन’मा पत्रकार भन्दै प्रहरीलाई झुक्याउने पक्राउ
बुधबार, २६ चैत २०७६, १५ : ५८
दाङ । लकडाउनको समयमा ‘पत्रकार हुँ’ भन्दै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १८ वर्षीय मेघराज सुनार रहेका छन् ।
पत्रकार भन्दै बा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिँडिरहेका सुनारलाई दाङ प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए ।
रिपोर्टस क्लब दाङको रिपोर्टर भनि खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र देखाएर प्रहरीलाई झुक्याउदै हिँडेका सुनारलाई पक्राउ गरी इप्रका तुलसीपुरमा डीएसपी खड्काले जानकारी दिए ।
तुलसिपुर–घोराही सडकखण्डको हात्तिखौवाबाट पक्राउ परेका सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै